‘लक्का जवान’ को निर्देशन हाँस्यकलाकार पौडेलले गर्ने

appharu
0
Shares

काठमाडौं । हाँस्यकलाकार शिवहरी पौडेलले ठूलो पर्दाको चलचित्र निर्देशन गर्ने भएका छन् ।

‘लक्का जवान’ नामक चलचित्र निर्देशन गर्दै उनी ठूलो पर्दाको निर्देशक होमिन लागेका हुन् ।
कलाकार केसीले जन्मदिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ‘लक्का जवान’ निर्माण गर्ने घोषणा गरेका हुन ।

धु्रव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने फिल्ममा सह निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहेका छन् । फिल्ममा अभिनेता दीलिप रायमाझीको छोरी दिव्या अभिनेत्रीको रुपमा डेब्यु गर्ने चर्चा छ ।

आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक तथा कमेडी कथामा निर्माण हुने शिवहरीले जानकारी दिए ।

फिल्मको कलाकार र प्राबिधिक पक्षको अहिले छनौट भइरहेको शिवहरीको भनाई रहेको छ । ‘प्वाक्क मुखमा हान्नु जस्तो’ संवादले चर्चित शिवहरी फिल्मको छायाँकन पनि छिट्टै गर्ने आफ्नो कोसिर रहने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?