२०७८,श्रावण,१८,सोमवार

अपडेटः बम प्रहारबाट अर्थमन्त्री सकुशल, घटनास्थलमा प्रहरी परिचालन

२०७४,मङ्सिर,१,शुक्रवार ०५:४५


काठमाडौ १ मंसिर । पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महत माथि बम प्रहार भएको छ निर्वाचनको प्रचार–प्रसारको लागि हिँडेको कांग्रेस नुवाकोट क्षेत्र नं. १ को प्रचार टोली चढेको गाडीमा एम्बुसमा परेको छ शुक्रबार ककनी गाउपालिका वडा नं. ५ को सिकारीचौरमा वा १६ च ६६५ नम्बरको गाडि माथि गराईएको एम्बुस विस्फोटमा परि ४ जना घाइते भएका छन् घाइते हुनेमा विद्यार्थी नेता उपेन्द्र मिश्र, सविन लामा सहित ४ जना घाइते भएको कांग्रेस नेता एवं प्रदेश २ का उम्मेदवार रमेशकुमार महतले जानकारी दिए क्षेत्र नम्वर १ का उमेदवार डा.रामशरण महत र प्रदेशसभा उमेदवार रमेश महत सहितको प्रचार टोली ककनीवाट चतुरालेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा एम्वुस विष्फोट गराईएको हो । क्षेत्र नं. १ कांग्रेसको बढ्दो प्रभाव देखिन थालेपछि कांग्रेसका उमेदवारहरुलाई लक्ष्यित गरी एम्वुस विष्फोट गराईएको आशंका कांग्रेसले गरेको छ घटना भए लगत्तै ककनी प्रहरी चौकीबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङको कमाण्डमा ३५ जना प्रहरी घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालयका प्रमुख विरेन्द्रकुमार वस्यालको टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रहरीले बताए छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१,शुक्रवार ०५:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति बनेको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलहरु नेपाली

काठमाडौं । नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले कमिटी

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई लिएर आदेश जारी गरेको छ । सर्वोच्चले एमालेको

नेकपा एमालेभित्रको आन्तरिक कलह समाधान हुन अझै सकेको छैन । नेपालका कम्युनिस्ट पार्टीहरू फुट्दै जुट्दै आएका छन् । साना कम्युनिस्ट

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९