मृगौला पीडित हेमन्तको सहयोगार्थ रविले गीत गाउँदै

appharu
0
Shares

नेपालगन्ज । नेपाल आइडल २ का विजेता रवि ओडले मृगौला पीडित हेमन्त सिंह ठकुरीको सहयोगार्थको लागि सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउने भएका छन ।

सांस्कृतिक कार्यक्रममा सहभागी हुन असार २० गते गायक ओड नेपालगन्जमा पुग्नेछन् । उनले कार्यक्रममा कम्तीमा पनि ५ वटा प्रस्तुति दिनेछन् । रविले मृगौला पीडितको लागि निःशुल्क गाउन आउन लागेका हेमन्त बचाउ अभियानका संयोजक आशिष मल्ल ठकुरीले मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कार्यक्रममा ओडका साथै लोक गायिका निर्मला थापा मगर, पप गायक÷गायिक विशाल निरौला र उमा गुरुङ भट्टराई, डान्सर मेघना मगर लगायतको प्रस्तुती रहनेछ ।

सल्यान जिल्लाको बानगाड कुपुण्डे नगरपालिका ७ घर भएका हेमन्त सिंह ठकुरीको विगत ८ महिनादेखि दुबै मृगौलाले काम गर्न छोडेको छ । घरको आर्थिक अवस्था कमजोर ठकुरी अहिले कोहलपुर–१ कौशिलानगरमा दिदीको घरमा बसेर डायलोसिस गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?