निर्वाचन नजिकिदै गर्दै आचारसंहिता उल्लंघनका घटना बढ्दो: निर्वचान आयोग

काठमाडौं, १ मंसिर । यहि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा उम्मेदवारहरुले धेरै पैसा खर्च गरी मतदातालाई प्रलोभनमा पार्ने कोशिस गरेको पाइएको राष्ट्रिय मानव अघिकार आयोगले जनाएको छ यस्तै विद्यालय परिसरमा आमसभा गर्ने देखि नेताहरुले जथाभाबी हेलिकप्टर प्रयोग गर्ने जस्ता आचारसंहिता उल्लंघनका थुप्रै घटना भेटिएको निर्वचान सम्बन्धी अनुगमन गरिरहेको आयोगले जनाएको छ निर्वचान आयोगमा आएका उजुरीहरुको आधारमा कारवाही प्रक्रिया अघि बढाएको बताएको छ स्थानीय तहको निर्वाचनको प्रचारको बेला भएका आचारसंहिता उल्लंघनकै प्रकृतिका घटना प्रदेश र प्रतिनिधिसभा चुनावको प्रचारको क्रममा पनि दोहोरिएको भेटिएको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, “करिब ४० को संख्यामा राजनीतिक दलका उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गरेका उजुरी निर्वाचन आयोगमा परेका छन् । ती सबैमा कारबाही प्रक्रिया शुरु भइसकेको छ । कतिपयको सन्दर्भमा सम्बन्धित व्यक्ति वा प्रतिनिधि उम्मेदवारलाई स्पष्टीकरण सोध्ने क्रम पनि जारी छ ।’’आचारसंहिता उल्लंघन गरेको भेटिएमा १ लाख रुपैंयासम्म जरिवाना गर्नेदेखि लिएर उम्मेदवारी नै रद्द गर्नसक्ने अधिकार निर्वाचन आयोगलाई छ तर स्थानीय चुनाव देखिनै यसरी परेका उजुरी माथि ठूलो कारबाही भएका विवरण आयोगसँग छैन जसका कारण राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता उल्लंघन गर्न सजिलो भएको कतिपय जानकारहरुको सोचाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?