२२ श्रावण २०७८, शुक्रवार

भाइबर लगायतबाट फेक कलः यसैको माध्यमबाट ठगी

२०७४,मङ्सिर,१,शुक्रवार ०३:२९


काठमाडौँ, १ मंसिर ।धादिङ ज्वालामुखी गाउँपालिका(५ का कक्षा आठमा अध्यनरत १६ वर्षीय ऋतिक मगरलाई उनको भाइबरमा भारतीय नम्बरबाट फोन आयो। फोन रिसिभ गरेपछि उनलाई कहिल्यै नभएको खुसी भयो। हुन पनि हो, १६ वर्षीय ऋतिकका लागि २५ लाख रुपैयाँ सानो कुरा थिएनउनलाई तपाईंको एनसेलको नम्बर लक्की ड्रमा परेको र त्यसबापत तपाईंले २५ लाख रुपैयाँ जित्नुभएको भनी सूचना दिइयो। यतिसम्म कि, तपाईंको लक्की ड्र नम्बर ७८६१० हो भनी टिपाएर भारतीय नम्बर ००९२३०७००५८१९८ मा कल गरी अन्य जानकारी लिन भनियोउनलाई पनि साँच्चै हो कि जस्तो लाग्यो। ऋतिकले भोलिपल्ट फोनमार्फत उपलब्ध गराएको नम्बरमा फोन गरेर लक्की ड्र नम्बर ७८६१० ले पैसा जितेको हो भनी सोधे। उताबाट पनि तपाईंको सम्पूर्ण परिवारलाई बधाई छ, तपाईंले २५ लाख रूपैयाँ केबीसी (कौन बनेका करोडपति) को लक्की ड्रबाट जित्नुभएको छ भनी सम्बोधन र्गयो। ‘त्यसपछि ममा अझ विश्वास पलायो’, उनले भने, ‘मैले त्यसलाई फलो गर्दै गएँ, एक दिन उसले जनता बैंकको खाता नम्बर माग्योमैले छैन भनिदिएँ । उसले अरू कसैको होला भनेर माग्यो। त्यो पनि छैन भनिदिएँ। अनि उसले जनता बैंकमार्फत ‘मनोज यादव, रूपन्देही जिल्ला’को नाममा ४० हजार रूपैयाँ हालिदिन अनुरोध र्गयो। उसले बैंकको कुनै एकाउन्ट नम्बर उपलब्ध नगराए पनि ४० हजार हालेको पाँच मिनेटमा तपाईंको खातामा २५ लाख रुपैयाँ त्यहीँ उपलब्ध हुन्छ भन्यो।’ उनलाई नेपालको एनसेलको नम्बर ९८०९८६५१७९ मा कल गर्नसमेत भनिएको थियो। ‘मसँगै पैसा थिएन, हुन्थ्यो त सायद २५ लाखको लोभमा हाल्थेँ पनि होला’, उनले भने । अन्नपूर्ण पोस्टमा खबर छ रिप्लाई बन्द१६ वर्षीय ऋतिकका जस्तो घटना हुने घेरै छन्। गुल्मी सिमलटारीबाट काठमाडौं आएर बसेकी मन्जु थापाको घटना पनि त्यस्तै छ। उनलाई पनि सीधै तपाईंको एनसेल नम्बर लक्की ड्रमा र्पयो २५ लाख जित्नुभयो भनेर भाइबरमा फोन आएको थियो। उनले त आफ्नो एकाउन्ट नम्बर पनि दिइसकेकी थिइन्। तर जब पैसा माग्यो अनि आफूलाई ठग्दै छ भन्ने ठानेर फोन र म्यासेजको रिप्लाई बन्द भयोकेस र अनुसन्धानयस्ता घटना पछिल्लो १५ दिनमा भाइबर र ह्वाट्स एपमा धेरै भएको छ। केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) का अनुसार यस्ता खालका तीन चारवटा केस दर्ता भइसकेको छ। यो अनुसन्धानको क्रममा छ। तर केही पत्ता लाग्न भने सकेको छैन। सीआईबीका प्रवक्ता जीवन श्रेष्ठका अनुसार फोन कुन रुटबाट आएको छ, कसले गरेको भनेर ट्रेस गर्नुका साथै कुन माध्यमको प्रयोग भइरहेको छ भनेर अहिले अनुसन्धान भइरहेको बताएफ्रड कलटेलिफोन सेवाप्रदायक कम्पनीले पनि आफ्ना ग्राहकलाई सूचना दिन यस अवधिमा विभिन्न सन्देशमूलक पोस्ट फेसबुक तथा ट्वीटरमा हालिरहेको छ। नेपाल टेलिकमले बुधबार मात्र विदेशी नम्बरबाट फ्रड कल आइरहेकाले फोन नउठाउन र आफ्नो बारेमा जानकारी नदिन आग्रह गरेको छ। त्यस्तै एनसेलले पनि ००९२ र ००९३ बाट सुरु भएको नम्बरबाट एनसेलमा फोन आइरहेकाले त्यस्ता कल नउठाउन र बच्न आग्रह गर्दै सूचना प्रकाशित गरिसकेको जानकारी दिएको छ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१,शुक्रवार ०३:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८