२०७८,श्रावण,१७,आईतवार

गौचन हत्याकाण्डमा रमेश बाहुन समुुहको पनि संलग्नता

२०७४,मङ्सिर,१,शुक्रवार ०३:१४


काठमाडौँ, १ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन ( सुजन पौडेल उर्फ रमेश बाहुुन ) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ । गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन् । चार वर्षअघि ललितपुरमा बाहुनकै योजनामा ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेको घटनामा उनी पक्राउ परेका थिए । पक्राउ परेर छुटेलगत्तै उनी गौचन हत्याको घटनामा संलग्न भएको प्रहरीले जनााएको छ । आजको नयाँ पत्रिकामा खबर छ बाहुन समूहले ठेक्कापट्टाको कमिसन विवादमै ०७० माघ ४ मा महर्जनलाई धापाखेलमा गोली प्रहार गरेको थियो । गुन्डागर्दी पृष्ठभूमि भएका महर्जनले ठेक्काको कमिसन बाँड्ने जिम्मा लिएर आफूले नदिएपछि रमेश बाहुन भनिने सुजन पौडेलले गोली हानेका थिए । पौडेल हाल जेलमा छन् । उनलाई भारतबाट प्रहरीले पक्राउ गरी ल्याएको थियो । सो घटनामा लिङदेनलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकामा उनी छुटिसकेका छन् बाहुनसँग सोधपुछघटनाको विषयमा जेलमा रहेका बाहुनसँग पनि प्रहरीले पटकपटक सोधपुछ गरेको थियो । तर, उनको संलग्नता नभेटिए पनि उनको गिरोहका सहयोगीहरू भने संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको आठजना फरार अभियुक्तको सूचीमा चौथो नम्बरमा लिङदेनको नाम छ । घटनामा गुन्डागर्दीमा संलग्न ठूलो संगठित समूह रहेको डिआइजी गणेश केसी बताउँछन् भारतमा बसेर असुली आतंकफरार गुन्डा नाइके समीरमानसिंह बस्नेतको योजनामा गौचनको हत्या भएको अनुसन्धान प्रतिवेदन प्रहरीले सार्वजनिक गरिसकेको छ । कुनै समय कुमार घैँटे समूहसँग मिलेर राजधानीमा गुन्डागर्दी गर्ने बस्नेत अहिले भारतमा बसेर असुली आतंक मच्चाइरहेका छन् । गौचनसँग पनि उनले पैसा मागेकोमा नदिएपछि हत्या गरेका थिए । अरू ठेकदारहरूलाई समेत तर्साउन उनले हत्या गरेको प्रहरी आशंका छ एउटै समूहको संलग्नताप्रहरीको हालसम्मको अनुसन्धान अनुसार गौचनको हत्या र गत वर्ष बुटवलमा युवा संघका नेता दुर्गा तिवारीको हत्यामा एउटै समूहको संलग्नता देखिएको छ । गत चैतमा कुमारीगालमा दावा लामामाथि आक्रमण पनि सोही समूहबाट भएको हो । दावालाई अम्बरबहादुर रानाले गोली हानेको प्रहरी स्रोत बताउँछ । तिवारीको हत्या रुपन्देहीका मनोज पुनको समूहले गरेको थियो । त्यसवेला समीर बस्नेत र लोप्साङ पनि उनकै समूहमा थिए । पछि समीर र लोप्साङ पुनसँग टाढा भएका थिए व्यवसायीहरू आतंकितउनीहरूले ठेकेदारहरूलाई लक्षित गरी धम्क्याएर पैसा उठाउँदै आएका थिए । तर, पटक–पटक प्रहरीको टोली उनीहरूलाई पक्राउ गर्न भारत गए पनि असफल भई फर्किएको छ । जस कारण व्यवसायीहरू आतंकित भएका छन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१,शुक्रवार ०३:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१
काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८