२०७८,श्रावण,८,शुक्रवार

‘फर्जी समाचार’ आम्दानीको माध्यम : अध्ययन

२०७४,कार्तिक,३०,बिहीवार १६:४०


वासिङ्टन, ३० कात्तिक – साइबर अपराधीहरूले फर्जी समाचारलाई आम्दानीको राम्रो माध्यममका रूपमा विकास गर्दै कम्तीमा १० अमेरिकी डलरबाट शुरूगरी विभिन्न बिषयवस्तुको गम्भीरताका आधारमा मुल्य तय गरी लिने गरेको अमेरिकामा सार्वजनिक गरिएको एक अनुसन्धानमा सम्लग्न समूहले बिहीबार सार्वजनिक गरेको छ ‘डिजिटल स्याडोज’ नामक अनलाइन सुरक्षा फर्मले सार्वजनिक गरेको प्रतिवेदनले जनाए अनुसार प्रसिद्ध सञ्चारमाध्यमसँग मिल्दोजुल्दो नाम राख्न,े वेबसाइटको आफ्नै आकर्षक नाम दिने वा अर्काको चलेको वेबसाइटको नाममा एक दुई अक्षर छुट्टाउने र यिनै वेबसाइटबाट गलत उत्पादनको प्रवद्र्धन गरी आम्दानी गर्ने प्रवृति बढेको जनाइएको छ उक्त अध्ययन प्रतिवेदनमा खोजकर्ताहरूले विभिन्न दुई हजार ८०० सञ्चालनमा रहेका यस्ता फर्जी वेबसाइट भेटेको पाएको जनाएका छन् । कतिपय अवस्थामा ख्याति कमाएका वेबसाइटमा एक दुई अक्षर हटाएर त कतिपय अवस्थामा सक्कलीजस्तो लाग्ने वेबसाइटको नाम दिएर साइबर अपराधजन्य क्रियाकलापमा लाग्ने गरेको उक्त अध्ययन प्रतिवेदनमा दावी गरिएको छ केहीले रसियामा रहेका प्रचारक समूहजस्तै उपाय अपनाउने र वेबसाइटमा सामग्री प्रकाशन गरेवापत राम्रै मुल्य लिने गरेका बताइएको छ । यस्ता अपराधीले वैध कागजातलाई सामान्य परिवर्तन गर्ने र तिनीहरूलाई भ्रामक प्रचारबाजीका लागि समाजमा लाने गरेको उक्त समूहले जनाएको छ कुनै राम्रो समाचार प्रसङ्गजस्तै यसरी बनेका ‘फर्जी समाचार’लाई आफ्ना सहयोगीमार्फत वितरण गर्ने, पुनः प्रकाशन वा प्रशारण गर्ने र बजारमा ल्याउने गरेका पाएउको छ, अध्ययनमा भनिएको छ अपराधीले गलत सूचनालाई जति व्यापक रूपमा प्रचार गर्न सक्यो सर्वसाधारणको मनमस्तिस्कमा त्यति नै छाप पार्ने र यही नै आम्दानीको स्रोत बनाइने गरेको प्रतिवेदनमा छ । यस किसिमका भ्रामक प्रचारहरू आजभोलि राजनीतिमा पनि देखिन थालेका र यो गम्भीर चासोको बिषय बनेको अनुसन्धानमा सम्लग्न डिजिटल स्याडोका उप–प्रमुख रिक होल्याण्डले बताउनुभयो । यो भूराजनीतिभन्दा पर आर्थिक लाभका लागि प्रयोग हुनथालेपछि यसको प्रभाव इमान्दार व्यापार र उपभोक्ताबीच पनि पर्न थालेको हल्याण्डले बताउनुभयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार १६:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अष्ट्रेलिया । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रवार

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश

भारत । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार

भारत । राज कुन्द्रा र अभिनेत्री शिल्पा सेट्टिलाई अर्को झट्का लागेको छ । शिल्पा र राजको सुन कम्पनी (गोल्ड कम्पनी)

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६