‘कु’ मा परेका मुगाबेको जिन्दगीका १० प्रमुख आरोह अवरोह

हारारे, ३० कात्तिक – जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको जिन्दगीमा अहिलेसम्म दश मुख्य आरोह अवरोह भएका छन् फेब्रुअरी २१, १९२४ मा मुगावेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो सन् १९६० मा विद्यार्थी र शिक्षकको रुपमा देश बाहिर क्रियाशिल भइरहेको बेला रहोमेसीआ फर्किनुभयो र उपनिवेस विरुद्ध लड्नका लागि नेश्नल डेमोक्र्याटीक पार्टीमा आवद्ध हुनुभयो । त्यो पार्टी सन् १९६१ मा प्रतिबन्धित भएपछि मुगावेले जोसुआ कोमोको जिम्बाव्बे अफ्रिकी पिपुल्स युनियनमा आवद्ध हुनुभयो सन् १९६४ देखि ७४ सम्म मुगाबे राष्ट्रबादी गतिविधिहरुका कारण हिरासतमा रहनु प¥यो । हिरासतमुक्त भएपछि भने उहाँले प्रतिबन्धित जेएएनयुुलाई नेतृत्व दिनुभयो । स्वेत शासक इआन स्मिथका विरुद्धमा संघर्ष सुरु गर्नुभयो । सन् १९७२ देखि ७९ सम्ममा २७ हजार जनाको मृत्यु भयो अप्रिल १८, १९८० मा १९६५ देखि एक पक्षीय रुपमा ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरिएको रहोडेसीआलाई पूर्ण रुपमा स्वतन्त्र भएको घोषणा गरियो र जिम्बाबे नामाकरण गरियो । मुगाबे प्रधानमन्त्री बन्नुभयो भने अर्का नेता कोमो गृहमन्त्री बन्नुभयो फेब्रुअरी १९८२ मा कोमोलाई मुगाबे विरुद्ध लागेको अरोपमा हटाइयो । त्यसको एक बर्षपछि भएको हिंसाका कारण २० हजार जनाको मृत्यु भयो डिसेम्बर १९८७ मा मुगाबे संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति बन्नुभयो फेब्रुअरी २००० मा पनि संविधान पुर्ननिर्माण भयो मार्च २००८ मा विपक्षी नेता मोर्गान टीस्भाङीराईसँग मुगाबे पहिलो चरणमा राष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्नुभयो । उहाँ फेरी निर्वाचित हुनुभयो डिसेम्बर २०१४ मा मुगाबेले आफुलाई सफल बनाउन सघाउनेहरुलाई बेवास्ता गरेर आफ्नो दोस्रो श्रीमती ग्रासलाई जेडएएनयु पीएफ पार्टीको अध्यक्षका रुपमा मनोनयन गर्नुभयो नोभेम्बर १५, २०१७ मा उहाँलाई सेनाले घरमै नजरबन्दमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?