एमालेका वागी उम्मेदवार पार्टीबाट निष्काशित

कञ्चनपुर, ३० कात्तिक – पार्टीको नीतिविपरीत वागी उम्मेदवारी दिने राजेन्द्रप्रसाद जोशीलाई नेकपा(एमाले) कञ्चनपुरले पार्टीबाट निष्काशन गरेको छ आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ ख प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकाले पार्टीको सम्पूर्ण जिम्मेवारी बर्खास्त गर्दै पार्टीबाट निष्काशन गरिएको एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङले बताए पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य जोशीलाई पार्टी विधानको धारा ४९ (क) को ८ बमोजिम निष्काशन गरिएको उनले बताए । पटक पटक उम्मेदवारी फिर्ता लिन आह्वान गर्दासमेत नमानेपछि जोशीलाई पार्टीबाटै निष्काशन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?