आचारसंहिता नाघी कार्यकर्तालाई लाखौँ बाँडिएको आरोप

अछाम, ३० कात्तिक – नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले अहिलेको सरकारले विभिन्न बहानामा पार्टी कार्यकर्तालाई लाखौँ रकम बाँडी आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका छन्  रामारोशन गाउँपालिका वडा नं २ चाफामाण्डौँमा वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता रावलले निर्वाचनलाई असर पर्ने विभिन्न गतिविधि भइरहे पनि सरकार मौन रहेको र वाम गठबन्धन भएपछि अत्तालिएर नेपाली काँग्रेसले गठबन्धनविरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको दोषारोपण गरे पूर्वउपप्रधानमन्त्री रावलले अर्काे प्रसङ्गमा पर्यटकीयस्थल अछामको रामारोशन क्षेत्रको विकासका लागि आफूले सधैँ अग्रमोर्चामा रहि भूमिका खेलिरहेको जिकिर गरे  सभामा नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य एवं समानुपातिक उम्मेदवार तारामान स्वारले अब देश चलाउने पालो वाम गठबन्धनको भएको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?