माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरेर बम बिस्फोट

गोरखा, ३० कात्तिक । गोरखामा माओवादी केन्द्रका नेता तथा क्षेत्र नम्ब्र २ का उम्मेदवार नारायणकाजी श्रेष्ठमाथि लक्षित गरेर बम विष्फोट गराइएको छ गोरखा नगरपालिका १० को सर्भी खोला नजिकै श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट भएको हो स्थानीय बाह्र किलोमा गठबन्धनको वैठकमा सहभागी भएर फर्किने क्रममा बिष्फोट भएको बताइएको छ उक्त बेला वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठ र प्रदेश सभाकी उम्मेदवार कमला नहर्की सँगै थिए । विस्फोटबाट कुनै क्षति भने भएको छैन । विस्फोट कसले गराएको हो भन्ने बारे खुल्न बाँकी रहेको गोरखा प्रहरीले जनाएको छ गोरखा क्षेत्र नम्बर २ चासोका साथ हेरिएको क्षत्र हो। जहाँ नयाँ शक्तिका बाबुराम भट्टराईको समेत उम्मेदवारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?