ठगहरु संग सजग रहन सूचना

काठमाडौं, ३० कात्तिक । नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुको भाइबर नम्बरमा विभिन्न भाषा बोल्ने व्यक्तिहरुको कल आउने गरेको पाइएको छ भाइबर नम्बरमा +९२३४४८७७५६१, +९२३४९१२९५३२५ र +६०१११४३०९८२ वा विदेशका जस्तै अरु नम्बरहरुबाट Fraud Call आएको पाइएको छ हिन्दी, उर्दु जस्ता विभिन्न भाषामा बोल्ने व्यक्तिले कल गर्ने र कल उठाउने व्यक्तिलाई Lottery मार्फत करोडौँ रुपैयाँ जित्नु भएको छ भनी बैंक एकाउन्ट वा अन्य कुनै व्यक्तिगत विवरण पठाउनका लागि अनुरोध गरेको पाइएको हुँदा सजग रहन नेपाल टेलिकमले अनुरोध गरेको छ यसरी विभिन्न तरीका प्रयोग गरी ठगी गर्ने नियतले कल गरेको पाइएकोले सजग रहन तथा आफ्नो कुनै पनि व्यक्तिगत जानकारी वा बैंक एकाउन्ट कसैलाई नदिन सूचना मार्फत सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?