२०७८,श्रावण,११,सोमवार

मतदातामा रहेको आशंका मेट्न एमालेको आग्रह

२०७४,कार्तिक,३०,बिहीवार १०:२५


काठमाडौँ, ३० कात्तिक – नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने एकसूत्रीय काम गरी मतदातामा रहेका आशंका मेट्न सरकारसँग आग्रह गरेको छ एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिताविपरीत सरकार र सत्तारूढ दलबाट काम कारबाही भएको जनाउँदै त्यसमा निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा केही दिनयता काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, मोरङ लगायतका जिल्लामा निर्वाचन आचारसंहिता विपरीतका चुनावी प्रचार–प्रसार सामग्री प्रयोग भइरहेको जनाउँदै काठमाडौँ क्षेत्र नं १ र ९ मा नेपाली काँग्रेसका तर्फबाट राखिएको प्रचार सामग्री आचारसंहिता विपरीत रहेको उल्लेख ‘यस कार्यलाई कडाइका साथ नियन्त्रण गर्न र आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउने व्यवस्था मिलाउन आयोगको गम्भीर ध्यानाकषर्ण गराउन चाहन्छौँ’ विज्ञप्तिमा उल्लेख छ यसैबीच वाम गठबन्धनमा सहभागी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि विभिन्न जिल्लाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न व्यस्त छन । उनीहरुले आज स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजना हुने चार संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार १०:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताएका छन् । रिपोर्टस क्लव नेपालमा

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ सम्म हुँदै छ । साउन १२ बाट हुने भनिएको वडा तहको

ताजा समाचार

एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२