झापामा धेरै मनाङमा कम मतादाता थप

काठमाडौँ, ३० कात्तिक – स्थानीय तहको निर्वाचनभन्दा अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापा जिल्लामा सबभन्दा बढी मतदाता थपिएका छन् स्थानीय तहको निर्वाचनमा भन्दा कूल १३ लाख ५५ हजार ५१४ मतदाता थपिएकामा झापाबाट मात्र ७६ हजार ८१० मतदाता थपिएको निर्वाचन आयोगका सूचना व्यवस्थापन केन्द्रका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र साहले जानकारी गराए झापामा गत स्थानीय तहको निर्वाचनमा पाँच लाख आठ हजार ३५६ मतदाता रहेकामा आगामी निर्वाचनमा त्यो सङ्ख्या बढेर पाँच लाख ८५ हजार १६६ पुगेको छ । उक्त जिल्लामा ४० हजार २१० महिला र ३६ हजार ६०० पुरुष मतदाता थपिएका हुन् । गत असारमा आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतादाता नामावली अद्यावधिक गरेको थियो झापापछि मोरङमा थप मतदाताको सङ्ख्या बढी छ । मोरङमा स्थानीय तहभन्दा ६९ हजार २२४ मतदाता थपिएको उनले बताए । मोरङमा पाँच लाख ७५ हजार ५५८ मतदाताबाट बढेर ६ लाख ४४ हजार ७८२ पुगेका छन् यस्तै मतादाता बढी बढ्ने जिल्लामा रुपन्देही, कैलाली, दाङ, काठमाडौँ तथा चितवन छन् । रुपन्देहीमा गतभन्दा स्थानीय तहभन्दा ६० हजार ५३ मतदाता बढेका छन् । रुपन्देहीमा चार लाख ६२ हजार ५४९ मतदाता रहेकामा अहिलेको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता पुगेका हुन् यस्तै कैलालीमा ५७ हजार २९९, दाङमा ४७ हजार ७८० र काठमाडौँमा ४४ हजार ५३ र चितवनमा ४१ हजार ३३ मतदाता बढेको पाइएको हो । मनाङमा भने सबभन्दा कम मतदाता बढेका छन् । उक्त जिल्लामा ७८६ जना मतदाता थपिएका हुन् । स्थानीय तहको निर्वाचनमा मनाङमा पाँच हजार ९५ रहेकामा बढेर पाँच हजार ८८१ पुगेको छ । त्यसपछि कम मतदाता बढ्नेमा मुस्ताङ रहेको छ । मुस्ताङमा ९७२ जना बढेका छन् । मुस्ताङमा आठ हजार ४५५ बाट बढेर नौ हजार ४२७ पुगेका छन् यस्तै कूल मतदातामा नौ लाख ९७ हजार ४७५ पुरुष र ६ लाख ५८ हजार १६ महिला मतदाता बढेको पाइएको छ भने तेस्रोलिङ्गी २३ जना बढेका छन् । महिला मतदाता अघिल्लो निर्वाचनमा ६९ लाख ९३ हजार १२७ बाट ७६ लाख ५१ हजार १४३ र पुरुष मतदाता ७० लाख ७९ हजार १५३ बाट ७७ लाख ७६ हजार ६२८ पुगेका छन् भने तेस्रोलिङ्गी १४४ बाट १६७ पुगेको आयोगको तथ्याङ्क छ कम्प्युटर अधिकृत साहका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कूल मतदाता एक करोड ५४ लाख २७ हजार ९३८ पुगेका छन् ।गत स्थानीय तहमा एक करोड ४० लाख ७२ हजार ४२४ मतदाता थिए यस्तै २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा एक करोड ४७ लाख ८६५ मतदाता र २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा एक करोड ७६ लाख नौ हजार ८१५ मतदाता रहेका आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?