देशैभरी फोरजी विस्तार गर्ने टेलिकमको तयारी तीव्र

काठमाडौं, ३० कात्तिक । नेपाल टेलिकमले कात्तिक १७ गतेबाट काठमाडौं र पोखरामा आफ्नो फोरजी सेवालाई विस्तार गरे सँगै अब देशैभरी एकसाथ  फोरजी  विस्तार गर्ने तयारी तीव्र पारिएको छ टेलिकमले एलटीई सेवा विस्तारमा ‘एग्रेसिभ मुभ’ लिँदै विभिन्न ग्राहक लक्षित आधुिनक तथा आकर्षक योजनाहरूसहित देशभर विस्तार गर्नेगरी काम थालेको हो । अब मुलुकभर फोरजी सेवा एकैसाथ विस्तार गर्ने गरी टेण्डर प्रक्रिया अघि बढाइएको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् उनले भने, ‘अहिले हाम्रो ५ लाख फोरजी सस्क्राइबर छ । अब हामी चाँडै देशभर नै फोर–जी सेवा लैजान्छौं ।,’ हामीले फोर–जी सेवा विस्तारका लागि दुई वटा टेण्डर एकैपटक अघि बढाएका छौं ।’ प्रवन्ध निर्देशक राजभण्डारीले बताइन् गत कात्तिक १७ गते एलटीईको लागि टेण्डर गरेको टेलिकमले रेडियो एक्सेस नेटवर्कका लागि कात्तिक २२ गते दुईवटा बोलपत्र आह्वान गरिसकेको छ यसका कारण दुर्गम क्षेत्रमा पनि उच्च गतिको मोबाइल डाटा चलाउन सकिन्छ । टेलिकमले फोरजीलाई आफ्नो सेवाको सबैभन्दा माथिल्लो लेयर राख्दै यि सेवाहरु प्रदान गर्न लागेको राजभण्डारीले बताइन् टेलिकमले ६५ लाख ग्राहकलाई लक्षित गरेर फोरजी सेवा विस्तार गर्ने भएको छ । सात वटै प्रदशेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा फोर–जी सेवा एकैसाथ विस्तार गर्ने योजनामा टेलिकम छ यसका साथै हाल सञ्चालनमा रहेको टु–जी, थ्रि–जी नेटवर्कमा ‘ओभरले नेटवर्क’मा रुपमा फो–जी सेवा सञ्चालनमा आउने प्रवन्ध निर्देशक राजभण्डारीले बताइन् । फोर–जी विस्तारसँगै भीओएलटीई सेवा सञ्चालन गरेर न्युन मूल्यमा भ्वाइस सेवा र सम्पूर्ण सेवाग्राहीलाई एलटीईमा रुपान्तर गर्ने लक्ष्य समेत नेपाल टेलिकमले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?