२०७८,श्रावण,१०,आईतवार

चुनाव प्रचार प्रसारमा उम्मेदवार व्यस्त

२०७४,कार्तिक,३०,बिहीवार ०९:४१


पोखरा, ३० कात्तिक – निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका राजनीतिक दलका उम्मेदवारले आफ्नो चुनाव प्रचार प्रसारका लागि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् जिल्लाभित्र बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री समेतका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका कारण चुनावमा कसले बाजी मार्छ भन्ने कुरा यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा दुई लाख ५५ हजार ४५२ मतदाता रहेका छन् । स्थानीय आवश्यकता र विकासका मुद्दालाई अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारहरू भोट माग्दै घरदैलो पुगेका छन् काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आज पोखरा–लेखनाथ महानगरपालिका– ३१ मा घरदैलो गरेका छन । उक्त वडामा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उनले आफूले संसद् विकास कोषमार्फत वेगनास–भोर्लेटार सडकको स्तरोन्नतिको कार्य अघि बढाएको बताए जनताका आवश्यकता अनुरुप आफूले विकास निर्माणका योजना अघि बढाउने उनको भनाइ छ । उनले यस क्षेत्रका गाउँपालिकाका साथै महानगर घोषणा भएर पनि विकासका दृष्टिले ओझेलमा परेका वडाको समृद्धिलाई उच्च प्राथमिकतामा राख्ने बताए नेकपा (एमाले)का नेता एवम् कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले पोखरा–लेखनाथ महानगरपालिका–२१ मा आज घरदैलो गरेका छन । घरदैलोका क्रममा उनले सम्भावना भएर पनि विकासका दृष्टिले ओझेलमा परेका बस्तीको विकासका माध्यमबाट जनताको जीवनस्तर उचो बनाउने बताए नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ प्रदेशसभा (क)का उम्मेदवार हेमबहादुर थापा (किरण) र समानुपातिक उम्मेदवार चेतबहादुर महतले पोखरालेखनाथ महानगरपालिका–३३ चवादीमा आज घरदैलो गरेका छन कृषि तथा जलस्रोतको धेरै सम्भावना भएर पुल तथा बोटाघाटोका अभावले चवादी ओझेलमा परेको भन्दै थापाले यी सबै विकासका सम्भावनालाई उजागर गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे विभिन्न नयाँ कार्यक्रमका साथ कास्कीका निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न लागेको विवेकशील साझा पाटीले गाउँ, बस्ती र टोलमा प्रचारात्मक कार्यक्रमलाई अघि बढाएको उक्त पार्टीका निर्वाचन परिचालन समिति सदस्य राम गुरुङले बताए अबका केही दिन पर्चा तथा कार्यकर्ता परिचालनका माध्यमबाट पार्टीले लिएका उद्देश्य र घोषणापत्र सम्बन्धमा जनतालाई सुसूचित गराइने जानकारी दिँदै उनले केही दिनपछि मात्र उम्मेदवारसहित घरदैलो गरिने बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार ०९:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शनिबार सत्तारुढ गठबन्धनमध्येको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताए ।

रोल्पा । रोल्पामा बलात्कार घटनामा मिलापत्र गराएको आरोपमा वडा सदस्यसहित सात जना पक्राउ परेका छन्। लुङ्ग्री गाउँपालिका–४  का वडा सदस्य

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ।

काठमाडौं । नेकपा एमालेमा पछिल्लो समय तेस्रो धार सक्रिय बनेको छ । पार्टीभित्रको विवाद टुंगिने कुनै छाटकाँट नदेखिएसँगै एमालेको तेस्रो

ताजा समाचार

कतार जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम
 २०७८,श्रावण,१०,आईतवार १३:३७
विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता
 २०७८,श्रावण,१०,आईतवार १३:२८