२०७८,श्रावण,१७,आईतवार

चुनाव प्रचार प्रसारमा उम्मेदवार व्यस्त

२०७४,कार्तिक,३०,बिहीवार ०९:४१


पोखरा, ३० कात्तिक – निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका राजनीतिक दलका उम्मेदवारले आफ्नो चुनाव प्रचार प्रसारका लागि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् जिल्लाभित्र बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री समेतका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका कारण चुनावमा कसले बाजी मार्छ भन्ने कुरा यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा दुई लाख ५५ हजार ४५२ मतदाता रहेका छन् । स्थानीय आवश्यकता र विकासका मुद्दालाई अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारहरू भोट माग्दै घरदैलो पुगेका छन् काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आज पोखरा–लेखनाथ महानगरपालिका– ३१ मा घरदैलो गरेका छन । उक्त वडामा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उनले आफूले संसद् विकास कोषमार्फत वेगनास–भोर्लेटार सडकको स्तरोन्नतिको कार्य अघि बढाएको बताए जनताका आवश्यकता अनुरुप आफूले विकास निर्माणका योजना अघि बढाउने उनको भनाइ छ । उनले यस क्षेत्रका गाउँपालिकाका साथै महानगर घोषणा भएर पनि विकासका दृष्टिले ओझेलमा परेका वडाको समृद्धिलाई उच्च प्राथमिकतामा राख्ने बताए नेकपा (एमाले)का नेता एवम् कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले पोखरा–लेखनाथ महानगरपालिका–२१ मा आज घरदैलो गरेका छन । घरदैलोका क्रममा उनले सम्भावना भएर पनि विकासका दृष्टिले ओझेलमा परेका बस्तीको विकासका माध्यमबाट जनताको जीवनस्तर उचो बनाउने बताए नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ प्रदेशसभा (क)का उम्मेदवार हेमबहादुर थापा (किरण) र समानुपातिक उम्मेदवार चेतबहादुर महतले पोखरालेखनाथ महानगरपालिका–३३ चवादीमा आज घरदैलो गरेका छन कृषि तथा जलस्रोतको धेरै सम्भावना भएर पुल तथा बोटाघाटोका अभावले चवादी ओझेलमा परेको भन्दै थापाले यी सबै विकासका सम्भावनालाई उजागर गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे विभिन्न नयाँ कार्यक्रमका साथ कास्कीका निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न लागेको विवेकशील साझा पाटीले गाउँ, बस्ती र टोलमा प्रचारात्मक कार्यक्रमलाई अघि बढाएको उक्त पार्टीका निर्वाचन परिचालन समिति सदस्य राम गुरुङले बताए अबका केही दिन पर्चा तथा कार्यकर्ता परिचालनका माध्यमबाट पार्टीले लिएका उद्देश्य र घोषणापत्र सम्बन्धमा जनतालाई सुसूचित गराइने जानकारी दिँदै उनले केही दिनपछि मात्र उम्मेदवारसहित घरदैलो गरिने बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार ०९:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी साउन ३० गते केन्द्रीय कमिटी बैठक बोलाउन निर्णय गरेको छ । आज बसेको पार्टीको

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजनीतिक किसिमको अभिव्यक्ति विवादित बनेको छ । केही दिनअघि उपकुलपति सिंहले आफूले

काठमाडौं । अब सांसदहरुको तलब तथा भत्ता सरकारी बैंकबाटै भुक्तानी हुने भएको छ । हालसम्म निजी बैंकहरुबाट भुक्तानी दिइदैँ आएको

काठमाडौं । अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पठाएको चिठि बुझेको स्रोतले जनाएको छ

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१