जग्गा भाडामा लिएर छाडा चौपाया व्यवस्थापन

कञ्चनपुर, ३० कात्तिक -भीमदत्त नगरपालिकाका १९ वटै वडाबाट छाडा पशु चौपाया व्यवस्थापनको कार्य अगाडि बढाइएको छ नगरपालिका कार्यालयले वडा नं १९ मा जग्गा भाडामा लिएर चौपाया व्यवस्थापन गर्न लागेको हो छाडा चौपाया व्यवस्थापनका लागि जग्गाको सम्झौता गरी पूर्वाधार निर्माण कार्य थालिएको छ । वडा नं १९ का वडाध्यक्ष दामोदरसिंह महराले एक हप्ताभित्र चौपाया व्यवस्थापनको कार्य गरिने बताए वडा कार्यालयले जग्गामा टहरा सहितका भौतिक पूर्वाधारका कार्य अगाडि बढाएको छ । यसका लागि १० जना कर्मचारी राखिने अध्यक्ष महराले जानकारी दिनुभयो । वडा कार्यालयले पाँच वर्षका लागि वार्षिक रु २५ हजार बिगाहाका दरले जग्गा भाडामा लिएको छ त्यसमा ५०० छाडा पशु चौपाया व्यवस्थापन गरिन लागेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग वडा नं १९ को सीमा जोडिएको छ । भीमदत्त नगरपालिका छाडा पशु चौपाया व्यवस्थापनका लागि नीतिगतरुपमा अघि बढेको छ । भीमदत्तको पहिलो नगर सभाबाट चौपाया व्यवस्थापनलाई नीति तथा कार्यक्रममा समावेश गरी बजेट विनियोजन गरिएको छ । चालू आवका लागि चौपाया व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको छ । यसैगरी नगर कार्यपालिकाबाट छाडा पशु चौपाया व्यवस्थापन निर्देशिका पनि जारी गरिएको छ भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले चौपाया व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन कार्य अघि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?