रिलायंस जियोले ल्याउँदै छ 4G स्मार्टफोन

एजेन्सी । रिलायंस जियो इंफोकाँम फीचरफोन पछि सस्तो  4G स्मार्टफोन भारतमा लन्च गर्ने तयारीमा छ । चिनियाँ चिपमेकर कम्पनी स्प्रेडट्रमबाट जानकारी आएको छ । स्प्रेडट्रम कम्पुनिकेशन र रिलायंन जियोबीच हैंडसेटको लागि कम्पोनेट चिप सप्लाई गर्ने विषयमा छलफल भइरहेको छ इकाँनमिक टाइम्सको रिपोर्ट अनुसार, स्प्रेडट्रमले भने कि जियो सस्तो भन्दा पनि सस्तो स्मार्टफोन बनाउनमा जुटेको छ । हुन सक्छ कि यो स्मार्टफोन 4 इन्च स्क्रीन हुन्छ । यसको साथै कम्पनीले सस्तो फीचर फोनमा पनि काम गरिरहेको छ । हालै रिलायंस जियोलाई लिएर हुनै जानकारी छैन त्यस्तै, एयरटेल र वोडाफोन साथै कार्बन र माइक्रोमैक्ससँग मिलेर सस्तो  4G स्मार्टफोन लन्च गरेको छ । त्यसपछि जियो स्मार्टफोन आउने खुसी छाइएको छ । रिलायंस जियो अब फीचरफोन पछि सस्तो स्मार्टफोन लन्च गर्न सक्छ । यो वर्ष जुलाईमा यो कम्पनीले देशकै पहिलो 4G VoLTE  स्मार्टफोन निर्माण गरेको थियो । जसको इफेक्टिव मूल्य शून्य रहेको छ । हाल यसलाई किन्नको लागि तपाईले  1500 मूल्य तिर्नुपर्ने हुन्छ इन्टरनेट एक्सेसले यो स्मार्टफोनमा फेसबुक, यूट्यूव सबैको मज्जा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?