काठमाडौं, ३० कात्तिक । देशलाई संघीय संरचनामा प्रवेश गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले पनि प्रदेशस्तरमा नै परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । अगामी वर्षदेखि कक्षा १० को एसईई परीक्षा समेत प्रादेशिक स्तरमै सञ्चालन हुने भएको हो प्रादेशिक संरचनामा लैजान परीक्षा बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयारी गरिरहेको बताइएको छ । परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका सम्पूर्ण जिम्मेवारी प्रादेशिक संरचना बनाएर सोही निकायलाई हस्तान्तरण गर्ने तयारी गरेको हो २०७५ चैतमा हुने एसईईको जिम्मेवारी प्रदेशलाई दिने तयारी भइरहेको बोर्डले जनाएको छ । बोर्डका क्षेत्रीय कार्यालयहरूलाई नै प्रादेशिक कार्यालयका रूपमा स्थापना गरी सोही कार्यालयबाट परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी सुरु गरिएको बताइएको छ प्रदेश १ मा विराटनगर, २ मा जनकपुर, ३ मा काठमाडौं, ४ मा पोखरा, ५ मा कोहलपुर, ६ मा सुर्खेत र ७ मा धनगढीमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने तयारी भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । साथै प्रदेश ६ मा भने बोर्डको कार्यालय नभएकोले त्यहाँ नयाँ कार्यालय स्थापना गरी सञ्चालन गर्ने तयारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया