चुनावमा सुरक्षा चुनौती : बिहीबार एकै दिन दुई स्थानमा बम बिस्फोट

काठमाडौं, ३० कात्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा चुनौती अझै बढेको छ गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले शेरबहादुर देउवाले उम्मेदवारलाई आवश्यक सुरक्षा दिन दिर्नेशन दिएको भोलिपल्टै बिहीबार रोल्पामा सिंचाई राज्यमन्त्री तथा नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुन चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ चुनाव प्रचारका क्रममा रोल्पाको घोडागाउँ पुगेका राज्य मन्त्री पुनलाई लक्षित गरी विस्फोट भएपनि उनी सकुशल रहेका छन् यस्तै बिहीबार नै वाम गठबन्धनको संयुक्त चुनावी सभा रहेको बाग्लुङको गल्कोटमा पनि बम विस्फोट भएको छ गल्कोटको सभालाई नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ निर्वाचन खारेजीको अभियानमा रहेको विप्लव नेतृत्वको नेकपाले यस प्रकारका विस्फोट गराएको प्रहरीको अनुमान रहेपनि सो पार्टीले भने बम विस्फोट नगराएको बताएको छ सो पार्टीले आफूहरुले शान्तिपूर्ण रुपमा नै चुनाव खारेजी अभियान चलाइरहेको भन्दै आफ्नो पार्टीको नाम लिएर तेस्रो पक्षले फाइदा लिन खोजेको समेत आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?