चीनको थ्री गर्जेजसँग संयुक्त लगानी गर्ने विषयमा प्राधिकरणसँग सम्झौता

काठमाडौं, ३० कात्तिक । नेपाल विद्युत प्राधिकरण र चीनको थ्री गर्जेज कम्पनीबीच ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनामा संयुक्त लगानी गर्ने सम्झौता भएको छ प्राधिकरणको केन्द्रीय कार्यालयमा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र थ्री गर्जेज कम्पनीका अधिकारीले संयुक्त लगानी गर्नेसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् प्राधिकरणसँग सम्झौताका लागि बिहीबार नै थ्री गर्जेजको टोली काठमाडौं आएको हो । सम्झौतामा प्रारम्भिक हस्ताक्षर गत माघ ३ गते नै भएको भएपनि थ्री गर्जेजको बोर्डले लामो समयसम्म पास नगरेपछि त्यसको १० महिनापछि मात्रै बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो नेपाल विद्युत प्राधिकरणले भने प्रारम्भिक सम्झौतालाई दुई दिनमा नै अर्थात गत माघ ५ मा नै अनुमोदन गरेको थियो । थ्री गर्जेज चीनको सरकारी स्वामित्वको कम्पनी हो चिनियाँ कम्पनी गेजुवासँग बुढी गण्डकी जलविद्युत परियोजना निर्माणका लागि भएको सम्झौता सरकारले सोमबार खारेज गरेको थियो । त्यसको पक्ष र विपक्षमा विभिन्न तर्क आइरहेका बेला चिनियाँ कम्पनी नेपालमा नआउने आशंका व्याप्त भइरहेका बेला चीनको सरकारी कम्पनीसँग संयुक्त लगानीको सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?