मंसिर १ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुँदै चलचित्र ‘झ्यानाकुटी’

काठमाडौं, ३० कात्तिक । नायिका निशन अधिकारी निर्माता रहेको चलचित्र ‘झ्यानाकुटी’ यही शुक्रबार अथार्त मंसिर १ गतेबाट देशव्यापी रुपमा एक साथ प्रदर्शनमा आउँदैछ नायक सौगात मल्ल र नायिका बेनिशा हमालको प्रमुख भुमिका रहेको चलचित्र ‘झ्यानाकुटी’को गीत र ट्रेलरले अहिले नेपाली बजारमा निकै चल्तीमा रहेको छ त्यस्तै, चलचित्र ‘झ्यानाकुटी’ले सार्वजनिक गरेको फोटोले पनि यतिबेला अधिक चर्चा पाइरहेको छ । फिल्म युनिटले प्रिती चाउचाउसँगको सहकार्यमा ‘झ्यानाकुटी फोटो कन्टस्ट’ अगाडी ल्याएको थियो चलचित्रमा आफ्नो जोडीलाई काँधमा बोकेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै मेन्सन गरेर ‘झ्यानाकुटी’ पेजलाई ट्याग गर्दै अपलोड गर्ने मध्ये सबै भन्दा बढी लाइक पाउनेले प्रिती चाउचाउको तर्फबाट नगद रु ५१ हजार प्राप्त गर्नेछन् अहिले सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मीलाई बोकेको तस्वीर देख्न पाइन्छ । ‘यतिको साथ पाइन्छ भन्ने सोचेकी थिइन् तर दर्शकको चासोसँगै सहकर्मीले साथ दिँदा निकै खुसी लाग्दो रहेछ’ फिल्ममार्फत निर्माणमा डेब्यु गर्न लागेकी निशा अधिकारी भनिन् ‘फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ, ढुक्क भएर चलचित्र हेर्नुस् ।’चलचित्र ‘झ्यानाकुटी’मा प्रियंका कार्कीले दीपक राज गिरिलाई, नीता ढुंगानाले श्याम भट्टराईलाई, ऋचा शर्माले अनिल पराजुलीलाई, दिया मास्केले अनोज पाण्डेलाई, वर्षा राउतले संजोग कोइरालाले र रिमा विश्वकर्माले रविन श्रेष्ठलाई काँधमा बोकेको तस्वीर यतिबेला सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै झ्यानाकुटीको प्रचार–प्रसारमा साथ दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?