मध्य ग्रीसमा आएको बाढीपहिरोमा परी १५ जनाको मृत्यु

एजेन्सी, ३० कात्तिक । मध्य ग्रीसमा रातभर आएको परेको बर्षापछि आएको बाढी पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति समेत गरेको छ ग्रीसको राजधानी एथेन्सदेखि पश्चिममा रहेका औद्योगिक सहर मान्द्रा, नी पेरामोस र मेगारा सबैभन्दा बढी प्रभावित बनेका छन् । मृतकमध्ये धेरैजसो वृद्धवृद्धा रहेको र उनीहरुको शब घरभित्रै फेला पारिएको प्रहरीले जनाएको छ प्रधानमन्त्री एलेक्सिस सिप्रासले मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेका छन् । बाढीपहिरोमा परी घाइते भएका अन्य ३७ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने केही हराइरहेको बताइएको छ बाढीपहिरोपछि ग्रीसका सडकहरुमा रातो माटोको लेदो बगेको देखिएको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?