वामपन्थी शासनमा वृद्धवृद्धा सय वर्ष बाच्ने

काकरभित्ता, ३० कात्तिक। माओवादी केन्द्रका नेता एवं झापा क्षेत्र नं .१ का प्रतिनिधि सभा उम्मेदवार राम कार्कीले वामपन्थी शासनमा वृद्धवृद्धाहरु सय वर्ष बाच्ने ठोकुवा गरेका छन् आज झापाको ज्यामिरगढीमा आयोजित चुनावी सभामा वोल्दै नेता कार्कीले भने, ‘अब बन्ने वामपन्थी सरकारले वृद्धहरुलाई पाँचहजार भत्ता दिएपछि स्वाभाविक रुपमा उहाँहरुको आयु सय वर्ष पुग्छ।’कार्कीले वृद्धा बा–आमाले दश हजार भत्ता पाउने भएपछि छोराछोरीहरुले आफ्ना वृद्धा बा–आमालाई राम्रोसँग हेरचाह र स्याहारसुसार गर्ने दाबी गरे। वृद्ध भत्ता दशहजार भएपछि वुढापाकाको औषधि उपचार पनि सहज हुने कार्कीकोे जिकिर थियोकार्कीले ठट्यौली पारामा भने ‘वुढा बा–आमाले दस हजार पाउन थालेपछि मेरा बा–आमा सय वर्ष बाँचुन भनेर छोराछोरीहरु मन्दिरमा प्राथना गर्न जानेछन् ।’एमाले सरकारका पालामा ७५ वर्षका वृद्धहरुलाई दिन शुरु गरिएको वृद्ध भत्ता माओवादी सरकारका पालामा ७० वर्षमा झारिएको नेता कार्कीले चर्चा गरे झापा १ मा कार्कीको प्रतिस्पर्धामा काङ्ग्रेसका नेता विश्वप्रकाश शर्मा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?