पेरु विश्वकपका लागि छनोट, यी हुन्, रुस विश्वकप पुग्ने ३२ राष्ट्र

काठमाडौं, ३० कात्तिक । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने ३२ देशको टुंगो लागेको छ ।बिहीबार बिहान भएको छनोट चरणको अन्तिम प्लेअफमा न्युजिल्याण्डलाई हराउँदै पेरु रुस विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र बन्यो । अन्तरमहादेशीय प्ले अफको दोस्रो लेगको खेलमा पेरुले न्युजिल्याण्डमाथि २–० को जित निकाल्यो पेरुको राजधानी लिमामा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जेफर्सन फारफान र क्रिश्चियन रामोसले एक–एक गोल गरे । जितसँगै पेरु ल्याटिन अमेरिकी क्षेत्रबाट विश्वकपमा पुग्ने पाँचौं राष्ट्र बन्यो पेरु दक्षिण अमेरिकी छनौटमा पाँचौं बन्दै विश्वकपको प्लेअफमा पुगेको थियो भने न्युजिल्याण्ड ओसियाना क्षेत्रको समूह विजेताको रुपमा प्लेअफमा पुगेको हो यो सँगै आगामी विश्वकपमा पुग्ने ३२ राष्ट्रको टुंगो लागेको छ । यस पटक पनि सबैभन्दा बढी युरोपबाट १४ राष्ट्रले विश्वकपमा स्थान बनाएका छन् । युरोपबाट आयोजक रुससँगै इंग्ल्यान्ड, जर्मनी, स्पेन, फ्रान्स, क्रोएसिया, सर्विया, स्विडेन, डेनमार्क, आईसल्याण्ड, पोर्चुगल, पोल्याण्ड, बेल्जियम र स्विट्जरल्याण्ड विश्वकपकाम लागि छनौट भएका छन् यसैगरी एसियाबाट पाँच राष्ट्र जापान, ईरान, दक्षिण कोरिया, साउदी अरेबिया र अष्ट्रेलिया विश्वकपका लागि छनौट भएका छन् भने दक्षिण अमेरिकाबाट पाँच राष्ट्र ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरु विश्वकपमा पुगेका छन् यसैगरी अफ्रिकाबाट ५ राष्ट्र नाईजेरिया, सेनेगल, ट्युनिसिया, मोरक्को र ईजिप्टले रुस विश्वकपको यात्रा तय गर्दा उत्तर तथा मध्य अमेरिका एवं क्यारेबियन क्षेत्रबाट मेक्सिको, कोष्टारिका र पानामा विश्वकपमा छानिएका छन् यसपटक चार पटकको विश्वकप विजेता इटाली, युरोपको अर्को महत्वपूर्ण राष्ट्र नेदरल्याण्ड, उत्तर अमेरिकी क्षेत्रबाट अमेरिका, अफ्रिकाको बलियो राष्ट्र क्यामरुन, आइभरी कोस्टजस्ता राष्ट्र विश्वकपमा छनोट हुन सकेनन् । शुक्रबार विश्वकपको ड्र सार्वजनिक हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?