‘लभ एट पच्चीस’ उपन्यास विमोचन

काठमाडौँ, ३० कात्तिक – लेखक अनल गौतमको चौथो कृति ‘लभ एट पच्चीस’ बुधबारदेखि बजारमा आएको छ युवावस्थामा नारी–पुरुषको मनोवैज्ञानिकलाई चित्रण गरिएको उक्त उपन्यासमा एक अर्काप्रतिको समर्पणका साथै धैर्य, संयम र संकल्पप्रतिको विश्वासलाई देखाउन खोजिएको छ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले पुस्तकको बुधबार विमोचन गर्दै माया तथा प्रेमको माध्यमबाट प्राप्त हुने सन्तोष धन, सम्पत्ति वा कुनै पनि विषयवस्तुसँग दाँज्न नसकिने सन्देश पुस्तकमा पाइने बताए प्रा डा कृष्णप्रसाद दाहालले डायरी साइजमा ल्याइएको सो उपन्यासमा पाश्चात्य मुलुकमा विकास भएको सम्पन्नताको नाममा हुने सम्बन्ध र विच्छेद भन्दा फरक सन्देश नेपाली समाजको मौलिकताका रुपमा देखाउन खोजिएको छ, भने लेखक गौतमले आधुनिक समाजमा बढ्दै गएको व्यस्तताका बीच पुस्तकमा भएका पात्र (युवा र युवती) मन मिलेपछि निरन्तर २५ दिनसम्मको भेटघाटबाट उनीहरु वैवाहिक जीवनमा प्रवेश गर्न सफल भएको कथालाई उपन्यासका रुपमा प्रस्तुत गरिएको जानकारी दिए उक्त कृतिबाट आउने रोयल्टी रकममध्ये रु ५० हजार धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराइने जानकारी दिइएको थियो फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले दुःख पीडाले भरिएका नागरिकलाई सहयोग गर्ने उद्देश्यले देशका विकट स्थानमा आफ्नो संस्थाद्वारा बस्ती निर्माणका कार्य भइरहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?