चुनाव प्रचार क्रममा लडेर एमाले नेता पाण्डे घाइते

काठमाडौं, ३० कात्तिक । नेकपा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे धादिङमा चुनाव प्रचारका क्रममा लडेर घाइते भएका छन् एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनबाट धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभाका लागि उम्मेदवार रहेका पाण्डे बुधबार धुनीबेसी नगरपालिका– ७ तोप्लाङमा चुनाव प्रचारका क्रममा लडेर घाइते भएका हुन् उनको टाउको र गालामा चोट लागेको छ । लडेर घाइते भएपनि नौबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि उनी थप उपचारका लागि मनमोहन अस्पतालमा भर्ना भएका छन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?