२०७८,श्रावण,१५,शुक्रवार

‘लभ एट पच्चीस’ उपन्यास विमोचन

२०७४,कार्तिक,३०,बिहीवार ०५:३६


काठमाडौँ, ३० कात्तिक – लेखक अनल गौतमको चौथो कृति ‘लभ एट पच्चीस’ बुधबारदेखि बजारमा आएको छ युवावस्थामा नारी–पुरुषको मनोवैज्ञानिकलाई चित्रण गरिएको उक्त उपन्यासमा एक अर्काप्रतिको समर्पणका साथै धैर्य, संयम र संकल्पप्रतिको विश्वासलाई देखाउन खोजिएको छ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले पुस्तकको बुधबार विमोचन गर्दै माया तथा प्रेमको माध्यमबाट प्राप्त हुने सन्तोष धन, सम्पत्ति वा कुनै पनि विषयवस्तुसँग दाँज्न नसकिने सन्देश पुस्तकमा पाइने बताए प्रा डा कृष्णप्रसाद दाहालले डायरी साइजमा ल्याइएको सो उपन्यासमा पाश्चात्य मुलुकमा विकास भएको सम्पन्नताको नाममा हुने सम्बन्ध र विच्छेद भन्दा फरक सन्देश नेपाली समाजको मौलिकताका रुपमा देखाउन खोजिएको छ, भने लेखक गौतमले आधुनिक समाजमा बढ्दै गएको व्यस्तताका बीच पुस्तकमा भएका पात्र (युवा र युवती) मन मिलेपछि निरन्तर २५ दिनसम्मको भेटघाटबाट उनीहरु वैवाहिक जीवनमा प्रवेश गर्न सफल भएको कथालाई उपन्यासका रुपमा प्रस्तुत गरिएको जानकारी दिए उक्त कृतिबाट आउने रोयल्टी रकममध्ये रु ५० हजार धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराइने जानकारी दिइएको थियो फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले दुःख पीडाले भरिएका नागरिकलाई सहयोग गर्ने उद्देश्यले देशका विकट स्थानमा आफ्नो संस्थाद्वारा बस्ती निर्माणका कार्य भइरहेको जानकारी गराए ।

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार ०५:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्नोग्राफी प्रकरणमा पति राज कुन्द्राको गिरफ्तारीपछि मुम्बई क्राइम ब्रान्चको तर्फबाट भएको सोधपुछका क्रममा बलिउड अभिनेत्री शिल्पा सेट्टी मिडियामाथि

काठमाडौं । बलिउड अभिनेता संजय दत्तको केजीएफ च्याप्टर-२ को लुक्स सार्वजनिक भएको छ । अभिनेता दत्तको जन्मदिनको अवसमा एक्सेल इन्टरटेन्मेन्टले

काठमाडौं । बलिउड इन्डस्ट्रीमा नेपोटिजमका कारण विभिन्न समयमा विवाद आइरहन्छ । आफ्ना आफन्त वा परिवारका मान्छेलाई इन्डस्ट्रीमा ल्याउन भएका विभिन्न

काठमाडौं । राज कुन्द्राको पोर्न केसमा अभिनेत्री शर्लिन चोपडा लाई पनि अनुसन्धान गरिएको छ । राज कुन्द्राको पोर्न केसमा अभिनेत्री

ताजा समाचार

मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९
नेपालमा कोराना : थप ३ हजार ६ सय ११ जनामा…
 २०७८,श्रावण,१५,शुक्रवार १७:०२
मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तक छनोट
 २०७८,श्रावण,१५,शुक्रवार १६:११