विकासका लागि अबसर दिनुस् : नेता खड्का

सुर्खेत, ३० कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यका लागि सुर्खेतको क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले कांग्रेस संविधान लिएर जनताको घरदैलोमा आएको बताएका छन् अवलचिङ र मटेलामा भएको छुट्टाछुट्टै कार्यक्रमलाइ सम्बोधन गर्दै खड्काले अबको निर्वाचनमा कांग्रेसको नेतृत्व भए विकास निर्माणका कामलाई निरन्तरता दिने बताए २०६४ अघि र २०७० पछि नेपाली कांग्रेसको नेतृत्वमा सुर्खेतको पूर्वी क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाइ मूल्याङ्कन गर्दै विकास निर्माणको निरन्तरताका लागि पनि कांग्रेसलाई विजयी गराउन उनले मतदातासंग अपील गरे जनमतको कदर गर्दै नेपाली कांग्रेसले २०७२ मा संविधान दिएको र अबको एजेण्डा विकास निर्माण भएकोले त्यसलाई पूरा गर्न नेपाली कांग्रेसलाई मत दिन पनि आग्रह गरे । यसैबीच, मटेलामा भएको कार्यक्रममा एमाले र माओवादी पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?