२०७८,श्रावण,१९,मंगलवार

मलामी गएर फर्किदै गरेको जिप दुर्घटनामा १ को मृत्यु

२०७४,कार्तिक,३०,बिहीवार ०४:५३


गुल्मी, ३० कात्तिक । गुल्मीमा मलामी लिएर फर्किदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको पाल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ मलामी लिएर सदरमुकाम तम्घास फर्किंदै गरेको लु १ ज १५२१ नम्बरको जिप रेसुङ्गा नगरपालिका–४ अर्खलेमा दुर्घटना भएको हो दुर्घटनामा परी कपिलवस्तु बाडगंगाका ५५ वर्षीय रुद्रबहादुर डेगाको मृत्यु भएको हो । उकालोमा ब्रेक फेल हुँदा भएको सो दुर्घटनामा चालक पनि गम्भीर घाइते भएका छन् मंगलबार डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएका अर्खले ४ का ३५ वर्षीय रामबहादुर दर्लामीको शब सदगद गरेर फर्किने क्रममा सो दुर्घटना भएको हो ।

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार ०४:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । अभिनेत्री पन्तले आफ्नो सामाजिक सञ्जालमा मंगलबार आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी

काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका चर्चित प्रतिस्पर्धी धर्मेन्द्र सुनारको ‘जिन्दगीले घुमायो’ बोलको युगल गीत

काठमाडौं । बलिउडका गीतको आफ्नै उचाइ र चर्चा हुनेगरेको छ । विश्वभर मानिसहरुले बलिउड गीतहरु सुन्ने र रुचाउने गरेका छन्

काठमाडौं । बलिउडका सुपरस्टार अक्षय कुमारको फिल्म ‘बेल बटम’को ट्रेलर आज रिलिज हुने भएको छ । अक्षय कुमारले भर्खरै सामाजिक

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०
पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००
संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
 २०७८,श्रावण,१९,मंगलवार १५:५५