कैटरीना कैफले शेयर गरीन गीतको दोस्रो तस्वीर

एजेन्सी । सलमान खान र कैटरीना कैफको आगामि फिल्म ‘टाइगर जिंदा है’को पहिलो गीत अब केही दिनमा रिलीज हुने भएको छ । यो गीतमा सलमान र कैटरीनाको कैमिस्ट्रीको चर्चा व्यापक भएको छ यो गीतको केही तस्वीर कैटरीना कैफले आफ्नो इंस्टाग्रामको माध्यमबाट शेयर गरेको छ । तस्वीरमा कैटरीना डान्स गर्दै गरेको देखिन्छ । कैटरीनाले तस्वीर शेयर गर्दै लेखेकि छिन्, ‘ स्वैग र स्वागत पार्ट २……’यो तस्वीर भन्दा पहिला फिल्मका निर्देशक अली अब्बास जफरले अफ्नो ट्विटर अकाउन्टको माध्यमबाट आज फेरी एक तस्वीर शेयर गरे । यस गीतमा सलमान र कैटरीनालाई एक साथ देख्न सकिन्छ यो फिल्म २०१२ मा रिलिज भएको ‘एक था टाइगर’को सीक्वल हो । त्यस फिल्ममा पनि सलमान र कैटरीनाको नै मुख्य भूमिकामा देखिएको थियो फिल्म ‘टाइगर जिन्दा है’ २२ दिसंबर रिलिज हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?