मलामी गएर फर्किदै गरेको जिप दुर्घटनामा १ को मृत्यु

गुल्मी, ३० कात्तिक । गुल्मीमा मलामी लिएर फर्किदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको पाल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ मलामी लिएर सदरमुकाम तम्घास फर्किंदै गरेको लु १ ज १५२१ नम्बरको जिप रेसुङ्गा नगरपालिका–४ अर्खलेमा दुर्घटना भएको हो दुर्घटनामा परी कपिलवस्तु बाडगंगाका ५५ वर्षीय रुद्रबहादुर डेगाको मृत्यु भएको हो । उकालोमा ब्रेक फेल हुँदा भएको सो दुर्घटनामा चालक पनि गम्भीर घाइते भएका छन् मंगलबार डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएका अर्खले ४ का ३५ वर्षीय रामबहादुर दर्लामीको शब सदगद गरेर फर्किने क्रममा सो दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?