२०७८,श्रावण,१०,आईतवार

सरकारको सक्रियतामा एनालग प्रविधिबाट सञ्चालित काठमाडौंका सातवटा केबल बन्द

२०७४,कार्तिक,३०,बिहीवार ०४:०७


काठमडौं, ३० कात्तिक । काठमाडौं उपत्यका लगायत देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा डिजिटल सिस्टमको टेलिभिजन सेवा सुरु गर्ने समयसीमा नाघेपछि सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौंबाट एनालग टेलिभिजन बन्द गर्न लागेको हो सञ्चारमन्त्रालयले बुधबारदेखि नै बन्द गर्न सुरु गरेको सञ्चारमन्त्रालयले जानकारी दिएको छ । सोनिङ, जाउलाखेल, काठमाडौं, स्काई, स्पेशटाइम, सिईसी र टिपीलिंक केबलको एनालग सेवा बन्द गरिएको छ नगरपालिकाहरुमा पनि एनालग टेलिभिजन बन्द गर्ने क्रम तीव्र पार्ने मन्त्रालयले जनाएको छ । २०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुनेछ एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको मन्त्रालयले जनाएको छ एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि छुट्टै सेट–टप बक्स लगाउनुपर्छ । केबल टेलिभिजनमा डिजिटलाइजेशन अनिवार्य गरिएकाले बजारमा सबै अब्बल रुपमा आउने अवस्था बन्नेछ । डिजिटल टीभीले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार ०४:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । २०२० र २०२१ को सुरुवाती समय एयरलाइन्सहरुका लागि सुखद रहेन । कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेपछि मानिसहरु

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को आयव्यय

काठमाडौं । फेसबुकले म्यासेन्जरमा साउण्डयुक्त इमोजीको नयाँ फिचर सुरुवात गरेको छ । ‘साउण्ड इमोजी’ को रुपमा कम्पनीले बिहीवार यो फिचर

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण

ताजा समाचार

कतार जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम
 २०७८,श्रावण,१०,आईतवार १३:३७
विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता
 २०७८,श्रावण,१०,आईतवार १३:२८