सरकारको सक्रियतामा एनालग प्रविधिबाट सञ्चालित काठमाडौंका सातवटा केबल बन्द

काठमडौं, ३० कात्तिक । काठमाडौं उपत्यका लगायत देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा डिजिटल सिस्टमको टेलिभिजन सेवा सुरु गर्ने समयसीमा नाघेपछि सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौंबाट एनालग टेलिभिजन बन्द गर्न लागेको हो सञ्चारमन्त्रालयले बुधबारदेखि नै बन्द गर्न सुरु गरेको सञ्चारमन्त्रालयले जानकारी दिएको छ । सोनिङ, जाउलाखेल, काठमाडौं, स्काई, स्पेशटाइम, सिईसी र टिपीलिंक केबलको एनालग सेवा बन्द गरिएको छ नगरपालिकाहरुमा पनि एनालग टेलिभिजन बन्द गर्ने क्रम तीव्र पार्ने मन्त्रालयले जनाएको छ । २०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुनेछ एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको मन्त्रालयले जनाएको छ एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि छुट्टै सेट–टप बक्स लगाउनुपर्छ । केबल टेलिभिजनमा डिजिटलाइजेशन अनिवार्य गरिएकाले बजारमा सबै अब्बल रुपमा आउने अवस्था बन्नेछ । डिजिटल टीभीले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?