२०७८,श्रावण,१८,सोमवार

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज हुने गरेको खुलासा

२०७४,कार्तिक,३०,बिहीवार ०३:०४


काठमाडौँ, ३० कात्तिक-नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने बिटक्वाइनलाई अवैध मानेको छ, नयाँ पत्रिकाले खबर छापेको छ बिटक्वाइनको वालेटबाट मोबाइल नम्बरहरू रिचार्ज हुने खुलेको, तर त्यो कसरी भइरहेको छ भनेर पत्ता नलागेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिटक्वाइनबाट नेपालका मोबाइल नम्बर रिचार्ज भइरहेकाले त्यसमा आवश्यक अनुसन्धान र कारबाही गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो । प्राधिकरणले पनि बिटक्वाइनका वालेटबाट टेलिकम कम्पनीका मोबाइल नम्बरमा रिचार्ज हुने सूचना पाएपछि अपरेटरहरूसँग छलफल गरेको थियो । सिआइबी र नेपाल राष्ट्र बैंकले यस विषयमा चासो देखाएपछि प्राधिकरणले छलफल अगाडि बढाएको हो । ‘सिआइबीको पत्र प्राप्त हुनासाथ हामीले अपरेटरहरूसँग यो विषयमा छलफल गरेका थियौँ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘छलफल भए पनि के गर्ने भन्ने विषयमा कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।’प्राधिकरणसँग होस्टिङ र सञ्चालक चेकजाँच गर्ने उपकरण नभएका कारण नेपालबाट कसले यसको कारोबार गरिरहेको हो पत्ता लाग्न नसकेको उनले बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,३०,बिहीवार ०३:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९