३ करोडमा खर्च गर्दा पनि आरजुलाई तनाव नै तनाव

धनगढी, ३० कात्तिक -कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा कसले बाजी मार्ला भन्ने चर्चा सुरु भएको छ । प्रधानमन्त्री पत्नी डा. आरजू राणा देउवा प्रतिनिधिसभामा यो क्षेत्रबाट उठेपछि कस्को विजय होला भनी उत्सुकता बढेको छ कार्यकर्ताबाटै टुरिस्ट उम्मेदवारको आरोप खेपेकी आरजूले ३ करोड लगानी गरेर घरै किनिन्, तापनि उनी अलोचनामुक्त हुन सकिनन् । यही क्षेत्रमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका तर्फबाट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारीले उम्मेदवारी दिएका छन्, राजधानी दैनिकमा खबर छ यही क्षेत्रबाट २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव लडेका थिए । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा पत्नी आरजूको बारेमा पार्टीभित्र र बाहिर उत्तिकै बहस सुरु भएको छ । रानाले राना थारू समुदायको मत तान्ने अपेक्षा गरिएको छ राना थारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा राना थारू समुदायका ३० हजार मतदाता रहेका छन् । रानाले २०५४ सालमा धनगढी नगरपालिकाको उपप्रमुखमा चुनाव जितेका थिए । उनी २०६४ सालमा समानुपातिक कोटाबाट सांसद बनेका थिए । देउवा पत्नी आरजू पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी हुन् । उनी यसअघि कांग्रेसबाट समानुपातिक कोटामा सांसद बनेकी थिइन् विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका भण्डारी यस क्षेत्रमा व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उनको पनि राम्रो छवि छ । भण्डारीले कांग्रेस र एमालेको मत तान्ने अनुमान गरिएको छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा उम्मेदवार व्यवसायी गोपाल हमालले राम्रो मत पाएकाले भण्डारीको पक्षमा पनि राम्रो मत पाउने धेरैको मत छ । हमाल हाल विवेकशील पार्टीका ७ नम्बर प्रदेशका संयोजक रहेका छन् यस क्षेत्रबाट स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृप ओडले चुनाव जितेका थिए । २०६४ सालको संविधानसभामा भने माओवादीकी लीला भण्डारीले निर्वाचन जितेकी थिइन् शेरबहादुर देउवा चुनाव लडेयता कांग्रेसका उम्मेदवारले जित हात पारेकाले यस क्षेत्रलाई कांग्रेसको पकड क्षेत्र मानिन्छ । स्थानीय तह निर्वाचको मतलाई हेर्दा एमाले–माओवादीले पाएको मत जोड्दा भने कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाले पाएको मतभन्दा केही बढी छ नेपाली कांग्रेसले पाएको भन्दा वाम गठबन्धनले पाएको मत बढी छ । तत्कालीन क्षेत्र नम्बर ६ निर्वाचन क्षेत्रमा हाल धनगढी उपमहानगरपालिकामा कैलारी गाउँपालिकाका २ वडा थप गरेर क्षेत्र नम्बर ५ बनाइएको छ । यो क्षेत्रमा ९२ हजार मतदाता रहेका छन् राना थारू समुदायको मत रानाले प्रभावित गर्न सके नतिजा उनको पोल्टामा जान सक्ने स्थानीयको भनाइ छ । कांग्रेसको प्रभाव क्षेत्र, आरजूको व्यक्तित्वलगायत कारण आरजूले चुनाव जित्ने कांग्रेस समर्थकको आँकलन छ । विवेकशीलबाट उम्मेदवार बनेका भण्डारी अन्य दलले झुट्टा आश्वासन धेरै दिएकाले अब मतदाता नयाँ दललाई भोट दिने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?