धनुषाका यी ८ नेताको राजनीतिक भविष्य दाउमा

जनकपुरधाम, ३० कात्तिक- धनुषाका चार निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा ८६ जनाले उम्मेदवारी दिए पनि आठ नेतालले भने कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने बताइएको छ । ती नेताकोे राजनीतिक भविष्य दाउमा परेको जानकारहरू बताउँछन् धनुषा–१ मा कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना र माओवादी केन्द्रका मातृकाप्रसाद यादव, २ मा वर्तमान कृषिमन्त्री एवं कांग्रेस नेता रामकृष्ण यादव र माओवादी केन्द्रका नेता रामचन्द्र झा, ३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो तथा ४ मा खानेपानीमन्त्री तथा कांग्रेस नेता महेन्द्र यादव र एमाले नेता रघुवीर महासेठ बलिया चुनावी प्रतिस्पर्धीका रूपमा देखिएका छन् निर्वाचन प्रचार युद्धस्तरमा भइरहेको छ । नेताहरू कोणसभा, पार्टी प्रवेश, घरदैलोमा व्यस्त छन् । कडा प्रतिस्पर्धाका कारण उनीहरू आफ्नो क्षेत्रभन्दा बाहिर नगई त्यही नै खटिएका छन् । यति मेहनत गर्नुपछाडिको कारण काठमाडौंमा ठूला भनिएका नेताहरूले जनताको भावना जित्न नसक्नु नै रहेको राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा बताउँछन् । आफ्नो कमजोरी लुकाउन जातीय शक्ति प्रयोग गरिएको देखिन्छ । जसका कारण विकासभन्दा जातिका कुरो बढी उठिरहेको बताइन्छ, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?