यी हुन् यस वर्षका १० सर्वाधिक मूल्यवान् ब्रान्ड

काठमाडौँ, ३० कात्तिक- विश्वप्रसिद्ध कम्पनी गुगल सर्वाधिक मूल्यवान् ब्रान्ड बन्न सफल भएको छ । यसै साता ब्रान्ड फाइनान्सले विश्वका सर्वाधिक मूल्यवान् पाँच सय ब्रान्डका सफल कम्पनीको सूची सार्वजनिक गरेको खबर गोरखापत्रमा छ गुगल एप्पलको ५ वर्ष देखिको एकछत्र राज तोड्दै यो वर्षको सर्वाधिक मूल्यवान् ब्रान्ड सूचीमा पर्न सफल भएको हो । बेलायती भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्रान्ड फाइनान्सले विश्वका हजारौँ ब्रान्डलाई विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गर्दै बर्सेनि सबैभन्दा मूल्यवान् ५ सय ब्रान्डको सूची सार्वजनिक गर्नेगर्छ ब्रान्ड फाइनान्सका अनुसार गतवर्ष एप्पलको ब्रान्ड भ्यालू १४५ विलियन डलरबाट घटेर १०७ विलियन डलरमा झरेको छ । यसवर्ष गुगलको ब्रान्ड भ्यालू १०९ विलियन डलर रहेको छ । त्यसैले गुगल यसवर्ष सर्वाधिक मूल्यवान् ब्रान्ड बन्न सफल भएको हो यस वर्षका सर्वाधिक मूल्यवान् १० ब्रान्ड र भ्यालू१) गुगल :ब्रान्ड भ्यालू (१०९ विलियन डलर)२) एप्पल : ब्रान्ड भ्यालू (१०७ विलियन डलर)३) अमेजन : ब्रान्ड भ्यालू (१०६ विलियन डलर)४) एटी एन्ड टी टेलिकम : ब्रान्ड भ्यालू (८७ विलियन डलर)५) माइक्रोसफ्टः ब्रान्ड भ्यालू (७६ विलियन डलर)६) भर्जन टेलिकम : ब्रान्ड भ्यालू (६६ विलियन डलर)७) वालमार्ट : ब्रान्ड भ्यालू (६२ विलियन डलर)८) फेसबुकः ब्रान्ड भ्यालू (६२ विलियन डलर)९) वेल्स फारगो : ब्रान्ड भ्यालू (४२ विलियन डलर)१०) म्याकडोनाल्डस् : ब्रान्ड भ्यालू (३९ विलियन डलर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?