२०७८,श्रावण,१९,मंगलवार

अमेरिका जाने नेपाली विद्यार्थी बढे

२०७४,कार्तिक,२९,बुधबार १८:०२


काठमाडौँ, २९ कात्तिक – अमेरिकी विश्वविद्यालयहरुमा भर्ना हुनेमा नेपाली विद्यार्थीको संख्या क्रमशः बढेको देखिएको छ सन् २०१७ को ओपन डोर्स प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयहरुमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोद्वारा वार्षिक रूपमा प्रकाशित हुने सो प्रतिवेदनले संयुक्त राज्य अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीसँग सम्बन्धित प्रवृत्तिको अनुगमन गर्ने गर्छ अमेरिकी उच्च शिक्षा संस्थामा नेपाली विद्यार्थीको भर्ना दर २० प्रतिशतले वृद्धि भई कुल संख्या ११ हजार ६०७ पुगेको छ । स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने शीर्ष २५ मुलुकमध्ये नेपाल १२ औँ स्थानमा छ । स्नातक तहमा अध्ययनरतमध्ये ४२.२ प्रतिशत नेपाली विद्यार्थी छन् जुन २५ देशमध्येकै सबैभन्दा उच्च वृद्धि हो । अमेरिकामा हाल १० लाख ८० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् हरेक वर्ष शैक्षिक तथा व्यावसायिक विकासका लागि उपलब्ध अवसरको लाभ लिन हजारौँ नेपाली विद्यार्थी अमेरिका जाने गरेको नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत माइकल गोन्जालेसले बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२९,बुधबार १८:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

सिन्धुलीमा सुतेकै ठाउँमा एक जना मृत फेला
 २०७८,श्रावण,१९,मंगलवार १७:३७
डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०