काठमाडौँ, २९ कात्तिक – महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने बताएका छन सहयोगी हृदय नेपालले आज राजधानीमा आयोजना गरेको विद्यालयस्तरीय युवा विद्यार्थीलाई लागुऔषध, ट्राफिक नियम र साइबर अपराधबारे जनचेतनामूलक कार्यक्रमा उहाँले त्यसका लागि हरेक विद्यालयमा सूचना पठाइएको जानकारी दिए उनले स्कुल, कलेज पढ्ने विद्यार्थी लागुऔषधमा फस्ने, मादक पदार्थ सेवन गरी बिनाहेल्मेट सवारी चलाउने कारणले अपराध र दुर्घटना बढ्दै गएकाले विद्यार्थीलाई सचेत हुन आग्रह गरे “कतै यात्रा गर्दा सार्वजनिक बसमा बढी भाडा लिएमा, ट्याक्सीले मिटरमा जान नमाने, बढी पैसा मागेमा, चालक, खलासीले दुव्र्यवहार गरेमा तपाईहरु तुरुन्त हाम्रो हटलाइन १०३ मा फोन गरेर गुनासो गरे उनीहरुलाई कारबाही हुन्छ”– उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया