बाबुराम र देउवाविरुद्द खनिंदै एकै मंचबाट के-के भने ओली र प्रचण्डले ?

गोरखा, कात्तिक, २९ – मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि संयुक्त चुनावी सभाको आज गोरखाबाट प्रारम्भ गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलगत्तै देशमा कम्युनिष्ट शासन आउने र वामपन्थीहरूको बलियो स्थायी सरकार बन्ने दाबी गरेका छन् गोरखाको पालुङटारमा आज आयोजित चुनावीसभामा अध्यक्ष ओलीले भने , “चुनावपछि नेपालमा कम्युनिष्ट शासन आयो, आयो । काँग्रेस ढल्यो, बूढो रुख ढल्यो, ढल्यो ।”नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले भने , “बूढो रुखमा आड लागेर शिशा राखेको प्लाष्टिकको आँखा बोकेर केही गर्न सकिँदैन । विकास र समृद्धि ल्याउन सकिँदैन ।”अध्यक्ष ओलीले आउँदो पुसमा वामपन्थीको सरकार बन्ने दाबी पनि गरे नेता ओलीले गोरखा २ मा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओबादी नेता नारायणकाजी श्रेष्ठले जित्ने बताउनुभयो र भट्टराईप्रति ब्यङ्ग गर्दै भन्नुभयो, “करकलोलाई बन्चरो लगाउनुपर्दैन ।”यस्तै सोही चुनावीसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा वाम गठबन्धनका उम्मेदवारले चुनाव जित्ने दाबी गरे उनले गोरखा २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका डा बाबुराम भट्टराईले जनतासँग भोट माग्ने अधिकार नराख्ने बताए अध्यक्ष प्रचण्डले भने, “चितवन ३ र गोरखा २ मा नेपाली कांग्रेसका साथीहरूले माओवादीका उम्मेदवारलाई सहयोग गर्नुपर्छ किनभने गिरिजाप्रसाद कोइरालाले मलाई शान्ति प्रक्रियाको टुंगो लगाउन भन्नुभएको थियो । त्यो पूरा गर्न पनि कांग्रेसले हलो र आँखालाई होइन हँसिया हथौडामा भोट हाल्नुपर्छ ।”यसैबीच, वाम गठबन्धनले आज भच्चेक, घैरुङ र आरुघाटमा बृहत चुनावीसभा सम्पन्न गरेको छ –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?