२०७८,श्रावण,१८,सोमवार

शरणार्थीको तेस्रो मुलुक पुनर्वास बन्द

२०७४,कार्तिक,२९,बुधबार १७:४८


दमक, २९ कात्तिक – भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द भएको छ झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी संयुुक्त राष्ट्रसंघीय उच्च आयोग दमक शाखामा आज भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्च आयोगका अधिकारीले पुनर्वास प्रक्रिया बन्द गरिएको जानकारी दिएका हुन् छलफलमा भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्वसचिव र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय युएनएचसीआर र पुनर्वाससम्बन्धी अमेरिकी सरकार प्रतिनिधिबीच छलफल भएको थियो छलफलमा सहभागी बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीका अनुसार तेस्रो मुलुक स्थानान्तरण रोकिएपछि अब के हुन्छ भन्ने प्रश्नमा स्वदेश फिर्ती हालसम्म सम्भव नदेखिएको र स्थानीयकरणमा जोड दिइएको थियो त्यसक्रममा स्वदेश फिर्तीबारे पहल भइरहे पनि तत्काल हुन सम्भव नदेखिएको युएनएनएचसीआरका एक अधिकारीले उल्लेख गरे । बाँकी रहेका भुटानी शरणार्थीका विषयमा युएनएनएचसीआरले नेपाल सरकारसँग स्थानीयकरणका विषयमा समेत छलफल भएको पथरी शिविरका सचिव चम्पासिंह राईले बताए पुनर्वासका लागि नयाँ फारम भर्न बन्द गरिए पनि पारिवारिक पुनर्मिलनका लागि अमेरिकी सरकारले परिवारको सदस्यमार्फत गरिने राहदानीबाट आफ्ना सदस्य भने लानसक्ने बताइएको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज साङपाङले जानकारी दिए पछिल्लो समय भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीमा गरी करिब नौ हजारको संख्यामा भुटानी शरणार्थी रहेको युएनएचसीआरले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२९,बुधबार १७:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९