विदेश घुमाइदिने भन्दै ५५ जना ठग्ने महिलासहित ३ जना पक्राउ

काठमाडौं, २९ कात्तिक- टुर प्याकेजमा विदेश घुमाइदिने भन्दै रकम असुलेर ठगी गर्ने एक महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ टुर प्याकेजमा ईन्डोनेसिया घुम्न पठाउने भन्दै बिभिन्न ५५ जना ब्यक्तिवाट २६ लाख ७३ हजार ३०० ठगि गर्ने मुना सिह, अप्सरा पाण्डे र हरी प्रसाद भट्टलाई प्रहरीले काठमाडौको ठमेलबाट पक्राउ गरेको हो उनीहरुमाथि अहिले ठगी केसमा मुद्दा चलाएको महानगरीय प्रहरी वृत सोह्रखुट्टेका प्रमुख डिएसपी दिपक पोखरेलले लोकपथलाई जानकारी दिए पिडितको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?