मृतकका आफन्तले किन मानेनन् शव बुझ्न

इलाम, २९ कात्तिक -मंगलबार राति भएको दुर्घटनामा मृत्यु भएका भीम नेम्वाङका परिवारले इलाम अस्पतालमा रहेको शव बुझ्न मानेका छैनन् मृतकका आफन्तले परीक्षण भइसकेको शव बुझ्न नमानेका हुन् बुधबार साँझ अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दैै मृतकका आफन्तले दोलखा निर्माण सेवाले मृतकका परिवारलाई क्षतिपूर्तिको ग्यारेन्टी नगराएसम्म शव जिम्मा नलिने बताएका हुन् मृतकका परिवारलाई शिक्षा र रोजगारी दिनुपर्ने, सरकारी नियमअनुसार क्षतिपूर्ति दिनुपर्ने, काजकिरियालगायत प्रक्रियामा लागेको खर्च भरपाई गरिदिनुपर्ने माग मृतकका आफन्तले राखेका छन् मृतकका एक आफन्त धनबहादुर खाम्दाकले भने, “आफन्तको माग पुरा नभएसम्म हामी शव बुझ्दैनौ । गाडीधनीले पीडितको बेवास्ता गरेको छ, पीडामाथि थप पीडा थपेको छ, हामी प्रशासनलाई यस घटनामा सहजीकरण गर्न आग्रह गर्दछौं ।”दोलखा निर्माण सेवाको ना४ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी फिदिम १३ पाँचथर स्थाई घरभई हाल इनपा–६ बस्दै आएका भीम नेम्वाङको मृत्यु भएको थियो झापाबाट इलामतर्फ रोलर बोकेर ल्याउँदै गरेको सो ट्रक मेची राजमार्गस्थित किटेनी सडक खण्डबाट करिब १५० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?