नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामग्री खोसे

 जुम्ला, २९ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (विप्लब) का कार्यकर्ताले सिंजा गाउँपालिका–२ रनुखानागाउँबाट मतदाता शिक्षा सामग्री खोसेका छन् रोपनी जनजागृति प्रावि रनुखाना धापा मतदान केन्द्रका मतदातालाई मतदाता शिक्षा दिन जाँदै गर्दा नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामग्री खोसेर लगेको निर्वाचन शिक्षा सहजकर्ता राधा श्रेष्ठले जानकारी दिए । “बाटोमा हिँडिरहेको बेला एक्कासि पाँच÷छ जना आएर मतदाता शिक्षा सामग्री दिनुस् भने र हातबाट खोसेर लगे”–उनले भने निर्वाचन शिक्षा सामग्रीसँग सम्बन्धित केही पोष्टर, पम्पलेट र नमूना कार्ड उनीहरुले लगेपनि मतदातालाई शिक्षा दिने केही सामग्री आफूसँग सुरक्षित रहेको उनले बताए । रनुखाना मतदान केन्द्रका लागि सहजकर्ता श्रेष्ठ र जयशंकर चौलागाईँ खटिएका छन रनुखानामा भएको घटनाबारे आफू नेपालगञ्जबाट जुम्ला पुग्नेबित्तिकै थाहा पाएको र अहिले त्यसक्षेत्रको सुरक्षा अवस्थालाई कडा बनाइएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर पौडेलले जानकारी दिए । अतिसंवेदशील केन्द्रका रुपमा ठानिएको उक्त मतदान केन्द्रमा अब मतदाता शिक्षा दिन कुनै असहज नहुने उनले विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?