बन्ने भयो बाहिरी चक्रपथ, कहाँ-कहाँ बन्ने भयो मेगासिटी ?

काठमाडौँ, २९ कात्तिक- बाहिरी चक्रपथ निर्माणको काम अघि बढ्ने भएको छ । चक्रपथ निर्माणको चर्चा चलेको १० वर्षअछि शहरी विकास मन्त्रालयले ७२ किलोमिटर लामो चक्रपथ निर्माणको प्रक्रिया अघि बढाएको हो बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्री दिलनाथ गिरीले ७२ किलोमिटर बाहिरी चक्रपथमध्ये ६.६ किलोमिटर दूरीको सतुंगल–चोभारको डिपीआर नीतिगत प्रक्रियामा गएको जानकारी दिए बाहिरी चक्रपथ उपत्यकाका तीनै जिल्ला जोड्ने सरकारको महत्वकांक्षी परियोजना हो । यो चक्रपथ निर्माण गर्न सरकारले चालू आर्थिक वर्षमा १० करोड बजेट निनियोजन गरेको छ मन्त्री गिरीले यो परियोजनालाई आफूले निकै महत्वका साथ अघि बढाउन लागेको बताउँदै चक्रपथको सडक ५० मिटरको हुने जानकारी दिए । उनका अनुसार राजमार्ग जस्तै केन्द्रबाट दुवैतिर २५–२५ मिटर जग्गा लिएर चक्रपथ बनाइने छ यस्तै मन्त्रायलले विराटनगर–इटहरी–धरान, बुटवल–भैरहवा, कपिलबस्तु–लुम्बीनी, पोखरा–दमौली– वीरगञ्ज–सीमरा–पथलैया, हेटौडा–भरतपुर–बर्दघाट, नेपालगञ्ज–कोहलपुर तथा धनगढी गोदावरी जस्ता स्थानमा मेगासिटी निर्माणका लागि अध्ययन सुरु गरेको पनि मन्त्री गिरीले जानकारी दिए यस्तै नीजगढ, पालुङटार, लुम्बीनी, धनकुटा, मिर्चैया, चन्द्रपुर काभ्रे उपत्यका, भरतपुर वालिङ, तुलसीपुर जस्ता स्थानमा स्मार्ट सिटी कार्यक्रम अघि बढाइन लागिएको छ यसैगरी ९० वटा नगरपालिकामा शहरी योजना निर्माण गर्ने, शहरी क्षेत्र पुनरुत्थान कार्यक्रम, पुराना बस्ती पुनरुत्थान जस्ता कार्यक्रम पनि मन्त्रालयले अघि सारेको छ यस्तै हाल १८ जिल्लामा एक शहर एक पहिचान पूर्वाधार विकास कार्यक्रम, तराईका १८ नगरपालिकामा पूर्वाधार विकास कार्यक्रम पनि सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?