वाम गठबन्धनले यस्तो आरोप लगाउनेवित्तिकै बाबुरामपछि पछि परेनन्

गोरखा, २९ कात्तिक— गोरखामा चुनावी माहोल तातिँदै गरेको बेला नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् आज आयोजित एक कार्यक्रममा वाम गठबन्धनका शीर्ष २ शीर्ष नेताले नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार बाबुराम भट्टराईमाथि कटाक्ष गरेको केहि घण्टामै भट्टराईले पनि कडा प्रतिवाद गरेका छन् पालुङटारमा आयोजित चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले भट्टराईसँग गोरखाली जनतासँग भोट माग्ने नैतिक अधिकारी पनि नभएको भन्दै कडा आलोचना गरेका थिए सोलगत्तै गोरखा नगरपालिकास्थित रानीटारमा आयोजित चुनावी सभामा बोल्दै भट्टराईले प्रचण्ड र ओलीको आरोपको प्रतिवाद गरेका हुन् उनले आफूलाई आलोचना गर्न प्रचण्ड र ओली हेलिकप्टरमा आएको भन्दै जनताले असली रुपलाई चिनेको बताए ‘जनतासँगै हिँड्ने, बस्ने सुखदुःखमा सँगै हुने, विकास निर्माणका काम गर्ने मलाई रोज्ने कि हेलिकप्टर चढेर आएर अरुलाई गाली मात्रै गर्ने लालबादशाहलाई रोज्ने?’,  भट्टराईले भने, ‘मलाई त कर्कलो भन्नुभएछ अनि बञ्चरो लाउन पर्दैन भन्नुभएछ । अनि उहाँहरु सबै मिलेर मलाई गाली गर्न हेलिकप्टरमा आउनुभएछ । भनेपछि उहाँहरू सबै मिल्दा पनि बञ्चरो पनि हुनुहुँदोरहेनछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?