कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित

भुर्तुङ्(गुल्मी), २९ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का उम्मेद्वार चन्द्र भण्डारीले नेपाली काँग्रेसले गरेको विकासलाई देखेर अधिनायकबादी शक्ति त्रसित भएको बताएका छन् । नेता भण्डारीले कालीगण्डकी गाउँ पालिका वडा नम्बर ७ भुर्तुङ्गमा मंगलबार आयोजित चुनावी सभामा सो कुरा बताएका हुन् उनले आफुले चुनाव जितेपछि निरन्तर जनतामाझ पुगेको र जनताका समस्या सहजिकरणका लागी अहोरात्र खटेको बताउदै भने, “म निर्वाचित भएपछि गुल्मीको पूर्वाधार र सेवा क्षेत्रको विकासमा गरेको योगदानबाट त्रसित भएका कम्युनिष्टहरुले छिमेकबाट खेताला बोलाएर झुट्ठा भ्रम छर्न थालेका छन् ।”उनले जिल्लामा सडकको विस्तार र स्तरोन्नतिको लागि गरिएको कामको प्रभाव राम्रो भएकोले यसमा विवाद सिर्जना गर्न खोजिएको बताउदै भने, “सडक डिभिजनको रातो किताब तयार गर्ने बेलामा मैले लेटरप्याडमा लेखेरै योजनाहरु समावेश गर्न लगाएको हुँ । आइसकेका योजनामा विवाद गर्नुको अर्थ नभएको बताउदै उनले हुति भए नयाँ काम गरेर जस लिन कम्युनिष्ट गठबन्धनका प्रतिद्धन्द्धीलाई चुनौति दिए ।”उनले गरिब जनतालाई भ्रममा पारेर कांग्रेसको असल कामको जस दिन नसक्ने कम्युनिष्टहरुले आफूले अवसर पाएको बेलामा भ्रष्टाचारमा लिप्त भएर गनाएको पनि उल्लेख गर्नुभयो । उनले स्वतन्त्रता प्रेमी नेपाली जनताले अधिनायकलाई सधै परास्त गरेको उल्लेख गर्दै राणा शासन, पञ्चायत र निरंकुश राजतन्त्रलाई उखेलेर फालेको बताउदै, “अधिनायकबाद लाद्ने प्रयास गरेमा कम्युनिष्टहरुको त्यही हालत हुनेछ ।”निर्वाचन अभियानको क्रममा चुनावी सभा र घरदैलो कार्यक्रम साथसाथै लगिरहेका चन्द्र भण्डारीको प्रचार कार्यक्रम निर्वाधरुपमा निरन्तर चलिरहेको बताए । अभियानमा प्रदेश नम्बर १ का उम्मेदवार पृथ्वी फोदार, पूर्व साँसद कृष्ण छन्तेल, ने.का. जिल्ला उपसभापति विष्णु बलाल, कालीगण्डकी गाउपालिका अध्यक्ष बेद थापा लगायत साथ दिएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?