‘विर वलभद्र कुँवर’ पुस्तकमा आधारित चलचित्र निर्माण हुँदै, नेपाल आर्मीको हुँदैछ छनौट

काठमाडौं, २९ कात्तिक । पुस्तक ‘विर वलभद्र कुँवर’मा आधारित चलचित्र निर्माण हुने भएको छ प्रोफेसर रामराज कुँवर र डाक्टर धन बहादुर कुँवरद्वारा लिखित पुस्तक ‘विर वलभद्र कुँवर’मा आधारित रहेर चलचित्र निर्माण गरिने भएको छ । यस चलचित्रको नाम ‘नालापानी’ राखिएको छ । रिमेश अधिकारीले निर्देशन गर्ने यो चलचित्रको लागि हाल धमाधम अडिसन भइरहेको छ ‘नालापानी’ नाम दिइएको यो चलचित्रको अडिसनको सुरुवात नेपाली सेनाबाट गरिएको छ । यस चलचित्रमा धेरै द्वन्दका दृशयहरु भएको र यस्ता योद्धाहरु निर्माण गर्न समय लाग्ने भएकोले आफूहरुले नेपाली आर्मीकै जवानहरुलाई छनोट गर्न लागेको निर्देशक अधिकारीले जानकारी दिए त्यस्तैगरी, यस चलचित्रको मुख्य भूमिकामा भने नेपाल आर्मीका कलाकार हुने छैनन् । यो चलचित्रलाई नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक, कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक सहयोग गरेको छ चलचित्र ‘नालापानी’का निर्माता मनोज शाक्यले नेपाली चलचित्रको इतिहासको एउटा गर्व गर्न लायक विषय समेटर चलचित्र बनाउन लागेको बताए । यो चलचित्रमा अर्जुनजंग शाही, नवल खड्का, मनोज शाक्य, पूजना प्रधान, इशान विजु श्रेष्ठ, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतले मुख्य भूमिका निभाउने छन् साथै सम्राट शाक्य कार्यकारी निर्देशक रहेको यो चलचित्रमा आशिष रेग्मीको पटकथा तथा संवाद, रोशन श्रेष्ठको एक्सन रहने छ । चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने विषयमा टुंगो नलागेको निर्देशक अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?